नेपालको होटल तथा रेष्टुरेष्टमा चिनियाँ व्यवसायीको आकर्षण

काठमाडौं, २२ कात्तिक । नेपालको होटल तथा रेष्टुरेन्ट क्षेत्रमा चिनियाँ लगानीकर्ताको आकर्षण देखिएको छ । उद्योग विभागको तथ्यांक अनुसार चालू आर्थिक बर्ष २०७६/७७ को पहिलो तीन महिनाको अवधिमा ३६ वटा होटल तथा रेष्टुरेन्टमा चिनियाँ लगानीको प्रतिबद्धता आएको छ । विभागमा ३९ वटा उद्योग दर्ता भएका छन् ।

होटल तथा रेष्टुरेण्टमा करीब ७ अर्ब रुपैयाँ चिनियाँ व्यवसायीले लगानी गर्ने भएका छन्। यस्तै भारतका दुई र एक जापानिज लगानीकर्ताले होटल तथा रेष्टुरेन्टमा लगानी गर्ने प्रतिबद्धता जनाएका छन्। विभागको विवरणमा चिनियाँ व्यवसायीले दुई वटा तारे होटल तथा रेष्टुरेन्टमा लगानीको चासो देखाएका छन् । व्यवसायीले काठमाडौं र पोखरालाई लक्षित गरेका छन् ।

विभागका अनुसार चालू आवको पहिलो ३ महिनाको अवधिमा नेपालको ३९ वटा होटल तथा रेष्टुरेन्टमा ५ अर्ब ७७ करोड रुपैयाँ वैदेशिक लगानी भित्रने भएको छ । उद्योग विभागका अनुसार गत आवको सोही अवधिमा यो रकम शतप्रतिशत बढी हो । नेपाल भ्रमण बर्ष नजिकिएसँगै पर्यटन उद्योगमा लगानी बढेको छ ।

चालू आवको असोज मसान्तसम्ममा ७७ वटा उद्योगले वैदेशिक लगानीका लागि स्वीकृति पाएका छन्। यसमा सबैभन्दा बढी ३९ वटा पर्यटन उद्योगसँग सम्बन्धित छन् । सेवातर्फ २५, उत्पादनका ७, सूचना प्रविधि सम्बन्धी ६ र कृषि, वन पैदावारको १ उद्योग रहेका छन्। उपयुक्त परियोजनाका लागि ११ अर्ब ३६ करोड रुपैयाँको प्रतिबद्धता आएको विभागले जनाएको छ। यसबाट ४ हजार २ सय ९२ रोजगारी सिर्जना हुने पनि प्रक्षेपण गरिएको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *