Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

राष्ट्रिय किताब खाना र कर्मचारी सञ्चय कोषले विद्युतीय प्रणालीबाट सूचना आदान–प्रदान गर्ने

राष्ट्रिय किताब खाना र कर्मचारी सञ्चय कोषले विद्युतीय प्रणालीबाट सूचना आदान–प्रदान गर्ने

काठमाडौं, २२ कात्तिक । राष्ट्रिय किताब खाना र कर्मचारी सञ्चय कोषले विद्युतीय माध्यमबाट सूचना आदान–प्रदान गर्ने भएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले उक्त सेवाको शुभारम्भ गरेका हुन ।

कार्यक्रममा मन्त्री पण्डितले विद्युतीय सूचना प्रणालीले अपराधिक गतिविधि नियन्त्रणमा सहयोग पुग्ने बताए । सरकारको डिजिटल नेपाल निर्माणको सपना साकार पार्न सहयोग गर्ने विश्वास पनि उनले व्यक्त गरे ।

त्यसैगरी गृह सचिव प्रेम कुमार राईले किताब खानाले पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए । यो प्रणालीले समय, लागत र काम गर्ने तरिकामा परिवर्तन ल्याएपनि क्षमतावान जनशक्तिको व्यवस्थापन गर्न नसक्दा यसको प्रभावकारीता नहुनेमा उनले चिन्ता व्यक्त गरे ।

राष्ट्रिय किताबखानाकी महानिर्देशक गीताकुमारी हुमागाईले यो सेवा पहिल्यै सुरु गर्ने तयारीमा सरकार लागि परेको भएपनि बजेट अभावको कारण शुभारम्भमा ढिलाई भएको बताइन ।
यो प्रणालीको सुवात भएसँगै नयाँ भर्ना हुने निजामति कर्मचारी र सुरक्षा निकायका कर्मचारीहरुको किताबखानामा बुझाएको विवरण पुन कर्मचारी सञ्चय कोषमा बुझाउँनुपर्ने झन्झटबाट मुक्ति पाउने छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x