Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘आरबीबी ईम्पावरमेन्ट एकेडेमी’ कार्यक्रमको शुभारम्भ

राष्ट्रिय वाणिज्य बैंकद्वारा ‘आरबीबी ईम्पावरमेन्ट एकेडेमी’ कार्यक्रमको शुभारम्भ

काठमाडौं, २२ कात्तिक । राष्ट्रिय वाणिज्य बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘आरबीबी ईम्पावरमेन्ट एकेडेमी’ कार्यक्रमको शुभारम्भ गरेको छ । एकेडेमीमा प्रदेश नम्बर ३ का अनलाइन आवेदकमार्फत् एक हजार ७ सय ७ युवाहरुमध्येबाट ३० जना युवाहरुलाई छनौट भएका गरिएको हो । शुक्रबारबाट शुभारम्भ भएको उक्त तालिम ३ दिनसम्म चल्ने छ ।

कार्यक्रमको शुभारम्भ कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले फाईनान्सियल ट्रेनिङ्ग सेन्टरको रुपमा अगाडि लैजाने उद्देश्यले शुरु गरिएको यस एकेडेमीबाट युवावर्गले बैंकिङ्ग क्षेत्रमा भएका नयाँ उपलब्धिलाई सिक्ने र बुझ्ने अवसर प्राप्त गर्ने बताए । उनले वित्तीय क्षेत्रमा आफ्नो करियर बनाउन चाहने युवाहरुले यसबाट भरपुर लाभ लिन सक्ने पनि जानकारी दिए ।

पहिलो चरण अन्तर्गत एकेडेमीले २०७६ कात्तिक १ गतेबाट १५ गते सम्म निःशुल्क अनलाइनमार्फत् प्रदेश नं.३ का नागरिकता भएका स्नातक र स्नाकोत्तर उत्रिर्ण २८ वर्ष मुनिका युवाहरुलाई लक्षित गरी आवेदन आव्हान गरेको थियो । वित्तीय क्षेत्रका अनुभवी बैंकरहरुद्वारा निःशुल्क रुपमा दिइने यस तालिममा बैंकिङ्ग, टेक्निकल तथा परिक्षा तयारी सम्बन्धि तालिम दिईने छ । तालिम पश्चात बैंकले सहभागीहरुलाई तीन महिनाको पेड इन्टर्नको रुपमा लिने छ । यो कार्यक्रम अन्य प्रदेशमा पनि संचालन गर्ने योजना रहेको बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x