Date

मङ्ल, अशोज २९, २०८१
Tue, October 15, 2024

उद्योग वाणिज्य महासंघको विद्यान संशोधन गर्ने विषयबाट ढकाल व्याक, गोल्छालाई अध्यक्ष बन्ने बाटो खुला

उद्योग वाणिज्य महासंघको विद्यान संशोधन गर्ने विषयबाट  ढकाल व्याक, गोल्छालाई अध्यक्ष बन्ने बाटो खुला

काठमाडौं, २३ कात्तिक । नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधनका लागि आगामी कात्तिक २९ गते बोलाइएको विशेष साधारणसभा स्थगित हुने भएको छ । हिजो साँझ बसेको विधान संशोधन कार्यदलको बैठकले विशेष साधारणसभा स्थगित गर्ने, अध्यक्ष सम्बन्धि विधानको हालको व्यवस्था संशोधन नगर्ने र संशोधन गर्नुपर्ने अन्य विषय नियमित साधारणसभाबाट गर्ने निर्णय गरेको हो।

महासंघका विशेष सदस्य चण्डिराज ढकालको संयोजकत्वमा विद्यान संशोधन कार्यदल गठन गरिएको थियो ।

अध्यक्ष सम्बन्धी व्यवस्था परिवर्तनको गृहकार्य सुरु भएलगत्तै महासंघका धुव्रिकरण देखिएको थियो। प्रत्यक्ष निर्वाचन प्रणाली वा वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्ने भन्ने विषयमा महासंघमा आवद्ध व्यावसायीहरु दुई ध्रुवमा विभाजन भएका थिए ।

हाल महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ। विधानका विभिन्न विषयमा संशोधन गर्न भन्दै कात्तिक २९ गते विशेष साधारणसभा बोलाइएको थियो। तर विधान संशोधन कार्यदलले यो प्रक्रिया स्थगित गर्ने निर्णय गरेसँगै हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा आगामी कार्यकालका लागि अध्यक्ष बन्ने बाटो खुला भएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x