Date

शुक्र, कार्तिक ९, २०८१
Fri, October 25, 2024

कृषिमा युरोपेली संघको एक अर्ब १० करोड

कृषिमा युरोपेली संघको एक अर्ब १० करोड

काठमाडौं, २६ कार्तिक । युरोपेली संघले कृषि तथा ग्रामीण विकास सहयोग अन्तर्गत गत आर्थिक वर्षमा सञ्चालन भएको प्रगतिका आधारमा १ अर्ब १० करोड रुपैंयाँ निकासा गरेको छ । पहिलो किस्तामा एक अर्ब २५ करोड ७८ लाख निकासा गर्ने योजना भएपनि गत वर्ष भएको कामका आधारमा युरोपेली संघबाट रकम निकासा भएको हो । अर्थात्, उक्त रकम नेपालले शोधभर्नाबापत् लिएको हो ।

नेपालका लागि युरोपेली संघकी राजदूत वरुनिका कोदीले सरकारले कृषि विकास रणनीति कार्यान्वयनमा गरेको प्रयासको प्रशंशा गर्दै कृषि प्रसार सेवा विस्तार भएको उल्लेख गरेकी छिन् । उनले भूमि व्यवस्थापन, कृषि व्यवसाय, कृषि बजार विकास तथा अनुगमन प्रणालीमा भइरहेको कानुनी सुधारले कृषि क्षेत्रको विकासलाई गति दिने उल्लेख गरेकी छिन् ।

नेपालले युरोपेलीसंघसँग गरेको नीतिगत प्रतिवद्धता धेरैजसो पालना गरेको छ । नेपालमा प्रशोधित दूध र दूधजन्य वस्तुको वार्षिक मूल्य २०७१–७२ को १८ अर्ब रहेकोमा २०७४–७५ मा २७ अर्ब १० करोड रुपैयाँ पुगेको छ । प्रशोधित दूग्ध पदार्थको मूल्य बढेसँगै किसानमा यसको लाभ हस्तान्तरण भएको छ । त्यस्तै, ९९४ पशु प्राविधिकहरु स्थानीय सरकारमा खटाइएका छन् । धेरैजसो कानुनी क्षेत्रका सुधारहरु प्रक्रियामै छन् ।

मुलुक संघीयता कार्यान्वयनको संक्रमणमै रहँदा पनि कृषिको विकासमा महत्वपूर्ण उपलब्धि हासिल हुने बाटोमा अघि बढेको युरोपेली संघले उल्लेख गरेको छ । भूमि व्यवस्थापन र कृषि व्यवसाय प्रवद्र्धनमा नयाँ कानुन निर्माण हुने क्रममा छन् । नेपालको कृषि विकासका लागि यी कानुनहरु महत्वपूर्ण भएको युरोपेली संघले उल्लेख गरेको छ । ईयुको सहयोगमा नेपालको सार्वजनिक वित्त व्यवस्थापनका क्षेत्रमा समेत सुधार भएको छ स्थायित्वमुखी बृहद् आर्थिक नीति तथा बजेट पारदर्शिता प्रमुख छन् । युरोपेली संघले कृषि विकास रणनीति कार्यान्वयनका लागि थप सहयोग दिने प्रतिवद्धता गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x