Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

देउसी–भैलो खेलेर क्यान्सर पीडितलाई आर्थिक सहयोग

देउसी–भैलो खेलेर क्यान्सर पीडितलाई आर्थिक सहयोग

दोलखा, २६ कात्तिक । दोलखास्थित ओली समन्वय समितिले देउसी–भैलो खेलेर क्यान्सर पीडितलाई सहयोग जुटाएको छ । दोलखा बिगु गाउँपालिका–५ स्थिायी घर भई हाल काठमाडौं बस्दै आएकी ओम माया ओलीलाई देउसीबाट उठेको ९१ हजार ५ सय ४० रुपैयाँ र १० हजार रुपैयाँ थप गरी प्रदेश संसद् विशाल खड्काले ओलीलाई एक लाख एक हजार ४० रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

ओली केहि वर्षदेखि क्यान्सर रोगबाट पीडित भई हाल भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराई रहेकी छिन् । पारिवारीक आर्थिक स्थिती कमजोर भएकाले उनको उपचार खर्च र बाल बच्चाको पालन पोषण गर्न सहज होस् भनि उक्त रकम जुटाइएको ओली समन्वय समाजका अध्यक्ष हिरालाल ओलीले जानकारी दिए ।

२०७२ सालमा गएको विनासकारी भुकम्पमा पनि दोलखा जिल्ला भरिका ओली परिवारलाई प्रति घर दई हजार रुपैया सहयोग गरेको र आगामी दिनहरुमा यस्ता विपन्न परिवार, दैविक, प्राकृतिक विपतीमा परेकाहरुलाई सहयोग गर्ने प्रतिवद्धता समेत अध्यक्ष ओलीले गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x