Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

चालु आवको पहिलो तीन महिनामा १६ लाखले लिए प्यान नम्बर

चालु आवको पहिलो तीन महिनामा १६ लाखले लिए प्यान नम्बर

काठमाडौं २७ कात्तिक । चालु आर्थिक बर्ष २०७६र ७७ को पहिलो तीन महिनाको अवधिमा व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या ६२.४ प्रतिशतले बढेको छ। अर्थमन्त्रालयको तथ्यांक अनुसार चालु आवको असोज महिनासम्ममा १६ लाख १२ हजारले नम्बर लिएका छन् । गत असार मसान्तसम्ममा भने ९ लाख ९३ हजार जनाले व्यक्तिगत स्थायी लेखा नम्बर लिएका थिए ।

अर्थ मन्त्रालयका अनुसार साउन, भदौ र असोज ३ महिनामा मात्रै ६ लाख १९ हजार व्यक्तिगत स्थायी लेखा नम्बर लिएका छन्। सरकारले चालु आर्थिक वर्षको बजेट तथा आर्थिक ऐनबाट पारिश्रमिक भुक्तानी र १ हजार रुपैयाँ भन्दा धेरैको भुक्तानीमा अनिवार्य स्थायी लेखा नम्बर हुनुपर्ने व्यवस्था गरेसँगै व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या बढेको हो।

यो अवधिमा व्यावसायकि स्थायी लेखा नम्बर लिनेको संख्या ८.२ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको अन्त्यसमम्मा ११ लाख ७८ हजारले व्यावसायिक स्थायी लेखा नम्बर लिएकोमा यो वर्षको पहिलो ३ महिनामा थप ९६ हजारले व्यावसायिक प्यान लिएका छन्। व्यक्तिगत र व्यावसायिक गरी ३ महिनामा ७ लाख १७ हजार स्थायी लेखा नम्बर जारी भएको छ। योसँगै स्थायी लेखा नम्बर लिनेको संख्या २८ लाख ८९ हजार पुगेको छ।

यसैगरी पहिलो ३ महिनामा मूल्य अभिवृद्धि करमा २२ हजार २०५ करदाता दर्ता भएका छन्। योसँगै मूल्य अभिवृद्धि करमा दर्ता हुनेको संख्या २ लाख ३५ हजार ९७५ पुगेको छ। चालु वर्षको पहिलो ३ महिनामा यसमा दर्ता हुनेको संख्या १०।४ प्रतिशतले बढेको हो। अर्थ मन्त्रालयका अनुसार आर्थिक वर्षको पहिलो ३ महिनामा १३ हजार २३० जना नयाँ करदाता अन्तस्शुल्कमा दर्ता भएका छन्। योसँगै अन्तस्शुल्कमा दर्ता हुनेको संख्या ९० हजार ६४४ पुगेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x