राष्ट्रिय बीमा कम्पनीको नाफा २० प्रतिशतले बृद्धि

काठमाडौं, २७ कात्तिक । राष्ट्रिय बीमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो तीन महिना सम्मको अवधिमा ६ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा २०.०३ प्रतिशतले बढी हो ।

तीन महिनाको अवधिमा प्रतिसेयर आम्दानी १५ रुपैयाँ २८ पैसाले बढेर ९१ रुपैयाँ ५६ पैसा पुगेको छ । यता प्रतिसेयर नेटवर्थ पनि १ सय ४८ रुपैयाँ ४२ पैसाले बढेर १ हजार ३४ रुपैयाँ ५३ पैसा पुगेको छ ।

कम्पनीको चुक्ता पुँजी २६ करोड ६६ लाख रुपैयाँ छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *