Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

राजस्व छलीको आरोपमा तीन भारतीय नागरिकलाई ११ करोड बिगो सहित मुद्धा दायर

काठमाडौं, २७ कात्तिक । राजस्व छली गरेको आरोपमा तीन भारतीय नागरिक माथि राजस्व अनुसन्धान विभागले मुद्धा दायर गरेको छ । विभागले ११ करोड विगो दाबी सहित मुद्धा दायर गरेको हो । विभागले केशव बंशलसहित हस्पी केयर इन्टरनेशनलका रामसुन्दर रायभर र श्याम ट्रेडर्सका राकेश पाण्डेयलाई पनि विपक्षी बनाएको छ।

बस्तु तथा सेवा खरिद नै नगरी नक्कली बिजकमात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावट कसुरमा विभागले मुद्दा दायर गरेको हो।बंशलले राजस्व चुहावट गरी आर्जन गरेको रकमबाट खरिद गरेको घर, जग्गा तथा सवारीसाधन नेपाली नागरिकहरूको नाममा दर्ता गरी भोगचलन गर्ने गरेको पाइएको विभागले जनाएको छ।

विभागले मूल्य अभिवृद्धि करतर्फ तीन करोड १२ लाख १९ हजार ९५९ रुपैयाँ र आयकरतर्फ आठ करोड सात लाख ६४ हजार २०५ रुपैयाँ राजस्व चुहावट भएको दाबी गरेको छ। दुवै गरी विभागले ११ करोड १९ लाख ८४ हजार १६४ रुपैयाँ बिगो कायम गरेको छ। विभागको दाबी अनुसार ठहर भएका आरोपितलाई बिगोको दोब्बरसम्म जरिवाना तथा तीन वर्षसम्म कैद सजाय हुनेछ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x