Date

आइत, मंसिर २३, २०८१
Sun, December 8, 2024

मन्त्रिमण्डल पुनर्गठन यसै साता

मन्त्रिमण्डल पुनर्गठन यसै साता

काठमाडौं, २७ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले यसै साताको अन्त्यसम्म मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी गरेका छन् । सचिवालयका सदस्यहरुलाई राजीनामा दिन आग्रह गरेसँगै ओलीले १० जना मन्त्री हेरफेर गर्ने सम्बन्धमा अर्काअध्यक्ष प्रचण्डसँग सहमति जुटाइसकेको बताइन्छ । हेरफेर हुने मन्त्रीमा पूर्व एमालेका ७ र पूर्व माओवादीका तीन मन्त्री छन् ।
गृहमन्त्री र रक्षामन्त्री भने नचलाइने भएको छ । त्यस्तै पोर्टफोलियो हेरफेर भएपनि पर्यटनमन्त्री योगेश भट्टराई, कानुनमन्त्री भानुभक्त ढकाल, खानेपानी मन्त्री बिना मगर, उर्जामन्त्री वर्षमान पुन अर्को मन्त्रिमण्डलमा रहनेछन् । त्यस्तै अर्थमन्त्री डा. युवराज खतिवडाको राष्ट्रिय सभाको दुई वर्षे कार्यकाल फागुनमा समाप्त हुनेभएपनि उनले साउनसम्म मन्त्रीका रुपमा काम गर्न पाउँछन् । राष्ट्रियसभाको कार्यकाल थप नभएपनि उनलाई साउनसम्म पूरा कार्यकाल काम गर्न दिने मनस्थितिमा प्रधानमन्त्री छन् ।
अब पुनर्गठन हुने मन्त्रीमण्डलमा जनार्दन शर्मा, टोपबहादुर रायमाझी, हरिबोल गजुरेल, सुरेन्द्र पाण्डे र विष्णु पौडेल तथा डा. शिवमाया तुम्बाहाम्फे रहने बुझिएको छ । विष्णु पौडेलले भने आफू सरकारमा नजाने उद्घोष गरेका छन् । डा.शिवमाया तुम्बाहाम्फेलाई उपसभामुखबाट राजीनामा गराएर महिला, बाबालिका तथा समाजकल्याण मन्त्री बनाउने चर्चा छ ।
बंगलादेशी राष्ट्रपतिको नेपाल भ्रमण परेकाले मन्त्रिमण्डल पुनर्गठन केही पर सरेको हो । उनी फर्किएलगत्तै प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा मन्त्रिमण्डल पुनर्गठनबारे छलफल गरी अनुमोदन गराउनेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x