Shangrila

एनसेलले ल्यायो ‘अल नेट भ्वाइस प्याक’, एक रुपैयाँमा अन्य नेटवर्कमा कुरा गर्न सकिने

काठमाडौं, २७ कात्तिक । एनसेलका प्रिपेड ग्राहकहरुले अब देश भित्र अन्य नेटवर्कमा सुलभ दरमा कुरा गर्न सक्ने भएका छन् । एनसेलले ‘अल नेटवर्क भ्वाइस प्याक’अफर संचालनमा ल्याएसँगै ग्राकहले कर बाहेक प्रतिमिनेट एक रुपैयाँको दरमा देश भित्रका सम्पूर्ण नेटवर्कमा कल गर्न सक्छन् ।

पहिले एनसेलबाट अन्य नेटवर्कमा कल गर्दा कर बाहेक प्रतिमिनेट एक रुपैयाँ ९९ पैसा लाग्ने गरेको थियो । यो भ्वाइस प्याक कात्तिक २६ देखि संचालनमा आएको छ । यस प्याकअन्तर्गत ग्राकहले २० मिनेटको अल नेटवर्क टक टाइम कर सहित २५ रुपैयाँ ५४ पैसामा खरिद गर्न सक्नेछन् ।

प्याक सुचारु गर्न चाहने एनसेलका ग्राहकहरुले एष्ट्रिक्स १७११८ एष्ट्रिक्स ७ ह्यास डायल गरी सुचारु गर्न सक्छन् । प्याक सुचारु गरेपछि २४ घण्टाका लागि मान्य हुनेछ । यो अफर माघ २६ गतेसम्म सञ्चालनमा रहने एनसेलले जनाएको छ ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *