Date

मङ्ल, बैशाख ४, २०८१
Tue, April 16, 2024

मन्त्रीपरिषद् पुनर्गठन, अथर्मन्त्रीबाट खतिवडा हट्ने हल्ला मात्र

मन्त्रीपरिषद् पुनर्गठन, अथर्मन्त्रीबाट खतिवडा हट्ने हल्ला मात्र

काठमाडौं, २७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार पुनर्गठनको अन्तिम तयारी थालेका छन् । यस अघि पटक–पटक सरकार पुनर्गठनको चर्चा चलेपनि यो पटक भने आगामी सातासम्म मन्त्रीपरिषद् पुनर्गठन गर्ने गरि प्रधानमन्त्री ओलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र पार्टीका शिर्ष नेताहरुसँग पराशर्म गरिरहेका छन् ।

‘आगामी सातासम्म मन्त्रीपरिषद् पुनर्गठन गर्ने गरि पार्टी अध्यक्ष दाहाल र अन्य शिर्ष नेताहरुसँग प्रधानमन्त्रीज्यूले, विभिन्न चरणमा छलफल गरिसक्नु भएको छ।’ एक नेताले अर्थको अर्थसँग भने, ‘सम्भवत एक, दुई दिन भित्रमा सरकारबाट बाहिरिने र भित्रिने मन्त्रीहरुको नामावली तयार हुने छ।’

सात मन्त्रीको कामबारे छलफल

प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठ, कृषि मन्त्री चक्रपाणी खनाल, उद्योग मन्त्री मात्रिका यादव, युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा, सामान्य प्रशासन मन्त्री लालबावु पण्डित, महिला बालबालिका तथा समाज कल्याण मन्त्री थम माया थापा र वन मन्त्री शक्ति बस्नेतको कामबारे छलफल केन्द्रित गरेका छन् । यी मन्त्रीहरुको कामबाट सन्तुष्ट हुने आधार नभएकाले नयाँ नियुक्तीको विकल्प नभएको प्रधानमन्त्रीले ओलीले पार्टी अध्यक्ष दाहाल सहित शिर्ष नेताहरुलाई जानकारी गराएका छन् । उनीहरु सातै जनालाई विदा गर्ने योजना छ ।

अर्थमन्त्रीलाई निरन्तता दिने मनस्थिती

त्यस्तै छलफलमा अर्थमन्त्री डा. युवराज खतिवडाको कामबारे पनि समिक्षा भएको स्रोतले जानकारी दिएको छ । खतिवडाले अर्थमन्त्रीको जिम्मेवारी पाएसँगै पार्टी भित्रै असन्तुष्टि थियो । बजेट मार्फत केही कसिला नीतिहरु लिए पश्चात व्यवसायी र सेयर लगानीकर्ताहरु पनि उनीप्रति थप आक्रोशित बनेका थिए ।

तर प्रधानमन्त्री ओली उनलाई हटाउने मनस्थितीमा छैनन् । अझ पछिल्लो समय अर्थतन्त्रमा भएको केही सकारात्मक सुधारले गर्दा उनलाई नै निरन्तरता दिन प्रधानमन्त्रीको प्रस्तावमा अन्य नेताहरु पनि सहमत हुने बुझिएको छ । उसो त उनको राष्ट्रिय सभा सदस्यको कार्यकाल पनि अव छिटै सकिदै छ। त्यसले गर्दा पनि पुरा अवधि मन्त्री हुन दिने प्रधानमन्त्रीको योजना छ ।

डुइङ विजनेश रिर्पोटमा भएको सुधार र राजस्व प्रशासनको सुधारमा मन्त्री खतिवडाले सकारात्मक पहल कदमी चालिरहेको भन्दै छलफलमा प्रधानमन्त्रीले उनको प्रशंसा गरेको स्रोतले जनाएको छ।

को–को हुन्छन् मन्त्री

नयाँ नियुक्तीलाईबारे देबेन्द्र पौडेल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे, कृष्णगोपाल श्रेष्ठ, पम्फा भुसाल र अग्नि सापकोटाबारे छलफल भएको छ । त्यसबाहेक अन्य केही नयाँ अनुहारलाई मन्त्रीमा ल्याउनेबारे पनि छलफल भइरहेको जानकारी प्राप्त भएको छ। यसअघि मन्त्री बन्ने अवसर नपाएका केही चर्चित युवा सांसदहरुलाई मन्त्री बनाउदा सरकारको कामलाई तीब्र बनाउन मदत पुग्ने विश्वास प्रधानमन्त्री ओलीको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x