Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

राष्ट्र बैंक ऐन संशोधनमा चलखेल हुँदै

राष्ट्र बैंक ऐन संशोधनमा चलखेल हुँदै

काठमाडौं, २७ कात्तिक । नेपाल राष्ट्र बैंक ऐनमा संशोधनमा चलखेल हुन लागेको बुझिएको छ । यस अघि भएको व्यवस्थालाई संशोधन गरी राष्ट्र बैंकका कार्यकारी निर्देशकले अवकाश पछि तत्काल बैंक तथा वित्तीय संस्थामा काम गर्न पाउँने व्यवस्था गर्न लागिएको छ ।

राष्ट्र बैंकको हालको व्यवस्था अनुसार राष्ट्र बैंकका गर्भनर पदबाट हटेपछि बैंक तथा वित्तीय संस्थाको कुनै पनि पदमा काम गर्न पाउँने छैनन् । डेपुटी गर्भनर र कार्यकारी निर्देशकले अवकाश पाएको तीन बर्षसम्म कुनै पनि वित्तीय संस्थामा काम गर्न नपाउँने व्यवस्था छ भने अधिकृत स्तरसम्मका कर्मचारीले दुई बर्षसम्म कुनै पनि वित्तीय संस्थामा काम गर्न नपाउँने व्यवस्था छ । कुलिङ्ग पिरियड समाप्त भएपछि पनि कुनै बैंक तथा वित्तीय संस्थामा काम गर्नुपरेमा राष्ट्र बैंकको अनुमती लिनुपर्नेछ ।

तर, कार्यकारी निर्देशकको लागि तोकिएको तीन बर्षे कुलिङ्ग पिरियडलाई हटाउँने गरी ऐन संशोधनको तयारी गरिएको छ । अहिलेको अवस्थामा ऐन पारित भएमा राष्ट्र बैंकबाट अवकाश पाउँने वित्तिकै वित्तीय संस्थामा काम गर्न पाउँनेछन् ।

बैंक तथा वित्तीय संस्थाको नियामक निकायले राष्ट्र बैंकका कार्यरत कर्मचारी अन्य वित्तीय संस्थामा जाँदा वित्तीय स्वार्थ बाझिने भएपछि कुलिङ्ग पिरियड तोकिएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x