चालु वर्षको तीन महिनामा नेपाल लाइफ इन्स्योरेन्सको नाफा २० करोड ४४ लाख

काठमाडौं, २७ कात्तिक । नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा २० करोड ४४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत वर्षको सो अवधिमा कम्पनीले २० करोड ४१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

त्यस्तै कम्पनीले जगेडा कोष २ अर्ब ६४ करोड रुपैयाँ छ भने जीवन बीमा कोष ७२ अर्ब ३३ करोड रुपेयाँको छ। खुद बीमा शुल्क आर्जन पनि ४४ प्रतिशतले बढेर ७ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । त्यसमा १ अर्ब ६७ करोड रुपेयाँ दाबी भुक्तानी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *