Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

बुधबार २७ करोडको सेयर कारोबार

बुधबार २७ करोडको सेयर कारोबार

काठमाडौं, २७ कात्तिक । सेयर बजार घट्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ। बुधबार सेयर बजार परिसूचक ४.८० अंकले घटेर ११३५.१६ को बिन्दुमा थामिएको छ ।

कारोबारमा आएका मध्ये फाइनान्स, ट्रेडिङ र अन्य समूह बाहेक अरु सबै समूहको उपसूचकमा गिरावट आएको छ।

परिसूचकसँगै कारोबार रकममा पनि कमि आएको छ। बुधबार एक सय ५४ कम्पनीको २७ करोड ५४ लाख रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको छ ।

त्यसमा पनि एनएमबि बैंकको सबैभन्दा धेरै अर्थात तीन करोड १२ लाख ९८ हजार रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x