चालु आवको पहिलो तीन महिनामा करिब २६ करोड ऋण असुली

काठमाडौं, २७ कात्तिक । ऋण असुली न्यायाधिकरणले चालु आर्थिक बर्ष २०७५÷७६ को पहिलो त्रैमास अवधिमा करिब २६ करोड रुपैयाँ खराब कर्जा असुली गरेको छ । न्याधिकरणमा परेको उजुरीका आधारमा चालु आवको असोजसम्ममा २५ करोड ७५ लाख रुपैयाँ असुल गर्न सफल भएको हो ।

न्याधिकरणको तथ्यांक अनुसार गत आर्थिक बर्ष २०७५÷७६ ऋण करिब २५ अर्ब रुपैयाँ खराब कर्जा असुली भएको छ । ४२ अर्ब कर्जामध्ये न्याधिकरणले गत आवको असारसम्ममा २४ अर्ब ९३ करोड रुपैयाँ असुल गर्न सफल भएको हो ।

न्याधिकरणमा ३ सय १० वटा वाणिज्य बैंकको मुद्धा दायर भएको छ । ४८ वटा विकास बैंक र ४३ वटा वित्त कम्पनीका मुद्धा दायर भएका छन् । वाणिज्य बैंकमध्ये एनसीसी बैंकको मात्रै ७१ वटा मुद्धा दायर भएको छ । ३८ वटा प्रभु बैंक, २७ वटा ग्लोबल आईएमई बैंक, २६ वटा एनआईसी एशिया र २२ वटा एनएमवि बैंकका मुद्धा छन् ।

सरकारी बैंकहरूमा खराब कर्जाको अवस्था अधिक भएपछि वित्तीय क्षेत्र सुधार कार्यक्रम अन्र्तगत ऋण असुली न्यायाधीकरणको स्थापना भएको हो । वित्तीय संस्थाको ऋण असुली ऐन, २०५८ अनुसार २०६० साल श्रावण महिनामा ऋण असुली न्यायाधिकरणको स्थापना भएको हो । बैंक तथा वित्तीय संस्थाले ऋणीबाट कर्जा असुल गर्न नसकेको अवस्थामा न्यायाधिकरणमा उजुरी दिन सकिने प्रावधान रहेको छ । बैंकले उजुरी दिएको अवस्थामा न्यायाधिकरणले सकेसम्म ऋणी तथा बैंकबीच छलफल गराई समस्या समाधान गराउने प्रयास गर्दछ । छलफलबाट पनि समस्या समाधान नभएमा न्यायाधिकरणले इजलाशबाट नै निर्णय गर्दछ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *