कामना सेवाका ५२ शाखा कार्यालय उद्घाटन, अर्थमन्त्री भन्छन् पुससम्ममा सबै स्थानीय तहमा बैंक पुर्याउनु
काठमाडौं, २७ कात्तिक । अर्थमन्त्री डा.युवराज खतिवडाले आउदो पुससम्ममा सबै स्थानीय तहमा बैंक पुर्याउन् निर्देशन दिएका छन् । बुधबार कामना सेवा विकास बैंकको १३ औं वार्षिकोत्सवमा मन्त्री खतिवडाले बैंकिङ्ग सेवा पुससम्ममा सबैं स्थानीय तहसम्म पुर्याउन निर्देशन दिएका हुन् ।
कामना सेवा विकास बैंकका ५२ शाखा कार्यालयको उद्घाटन गर्दै उनले बैंकको संख्या बढाउँनु भन्दा शाखा कार्यलय सबै स्थानीय तहसम्म पुर्याउन आवश्यक भएको बताए ।
कामना सेवाका यी शाखा कार्यालय विस्तार भएसँगै उक्त बैंकका शाखा संख्या एक सय ३ पुगेको छ ।