उद्योगी डा.ज्योति रिहा

काठमाडौं, २९ कात्तिक । उद्योगी डा. रुप ज्योति हाजिर जमानीमा रिहा भएका छन् ।

उनीविरुद्ध मुद्दा नचलाउने निर्णय गर्दै सरकारी वकिल कार्यालय काठमाडौंले हिजो हाजिर जमानतमा छाडिदिन प्रहरीलाई पत्र लेखेको थियो । तर उनी आज मात्र रिहा भएका हुन ।

ठगी मुद्दमा उजुरी परेपछि उद्योगी ज्योति र उनकी छोरी सुरुचीलाई प्रहरीले पक्राउ गरेको थियो । मुद्दा दायर गर्ने व्यक्तिले जाहेरी फिर्ता लिन प्रहरीलाई पत्र दिएपछि प्रहरीको राय अनुसार जिल्ला सरकारी वकिल कार्यालयले ज्योतिविरुद्ध मुद्दा नचल्ने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *