Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

उन्नति माइक्रोफाइनान्सको आईपिओ भर्न छुट्ला, आईपिओ भर्ने आज अन्तिम दिन

उन्नति माइक्रोफाइनान्सको आईपिओ भर्न छुट्ला, आईपिओ भर्ने आज अन्तिम दिन

काठमाडौं, २५ पौष । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाको प्राथमिक शेयर भर्ने आज अन्तिम दिने हो । माइक्रोफाइनान्सले गत शुक्रबार पौष २१ गतेदेखि प्राथमिक शेयर निष्काशन खुला गरेको हो । कम्पनीले एक करोड ६५ लाख रुपैयाँ बराबरको एक लाख ६५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । लगानीकर्ताले १० कित्तादेखि अधिकतम ८२० कित्ता सेयरसम्म आवेदन गर्न पाउने व्यवस्था यो आइपीओमा गरिएको छ । नेपाल धितोपत्र बोर्डको पछिल्लो बाँडफाँड निर्देशिका अनुसार प्रत्येक आवेदकले कम्तिमा १्र० कित्ता पर्ने गरी बाँडफाँड गरिने हुँदा १० कित्ता भन्दा बढी शेयर भर्नु बुद्धिमानी हुने छैन । प्रत्येक आवेदकलाई १० कित्ता शेयर पार्दा अधिकतम १५ हजार जना जतिले मात्र गोलाप्रथामार्फत सो बैंकको शेयर पार्ने देखिन्छ । आइपीओ शेयर भएकोले म्युचुएल फन्डलाई कुल शेयरको ५ प्रतिशत र कम्पनीको कर्मचारीलाई पनि केही शेयर बाँडफाँड गरेर बाँकी रहेको शेयर मात्र सर्वसाधारणलाई दिइने हुँदा १५ हजार जतिले मात्र सो शेयर प्राप्त गर्न सकिने देखिएको छ ।

कम्पनीले निष्काशन गरेको कुल एक लाख ६५ हजार कित्तामध्ये चार प्रतिशत अर्थात ६ हजार ६०० कित्ता संस्थाका कर्मचारीलाई छुट्याइएको छ । पाँच प्रतिशत अर्थात आठ हजार २५० कित्ता ११ वटा सामूहिक लगानी कोषलागि बाँडफाँड गरिएको छ भने बाँकी एक लाख ५० हजार १५० कित्ता सेयर सर्वसाधारणमा विक्री गर्न लागिएको हो । कम्पनीको आईपीओ धितोपत्र बोडबाट मंसिर २९ गते शुक्रबार स्वीकृत भएको थियो ।

३ करोड ८५ लाख रुपैयाँ चुक्ता पूँजी भएको माइक्रोफाइनान्सको आइपिओ पश्चात चुक्ता पूँजी ५ करोड ५० लाख पुग्नेछ । रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको उन्नति माइक्रोफाइनान्स १० जिल्ला कार्यक्षेत्र रहेको लघुवित्त हो । कम्पनीले लुम्बिनी अञ्चलका पाँच जिल्ला रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँचीसहित प्युठान, मनाङ, मुस्ताङ, पर्वत लगायत १० जिल्लामा वित्तीय सेवा दिँदै आएको छ । कम्पनीले चालु आर्थिक बर्षको प्रथम त्रैमासमा ४५ लाख १० हजार रुपैयाँ खुद नाफा नाफा कमाएको छ भने जगेडा कोषमा एक करोड ९३ लाख रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x