Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

प्रमका प्रेस र आर्थिक सल्लाहकारमा थापा र घिमिरे

प्रमका प्रेस र आर्थिक सल्लाहकारमा थापा र  घिमिरे

काठमाडौं, २९ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्य थापालाई प्रेस सल्लाहकारमा नियुक्त गरेका छन्। मन्त्रिपरिषद्को बैठकबाट थापालाई प्रेस सल्लाहकारमा नियुक्त गरिएको बताइएको छ । लामो समय पत्रकारितामा सक्रिय थापा नेकपाका केन्द्रीय सदस्य समेत हुन्। थापा यसअघि तत्कालिन प्रधानमन्त्री झलनाथ खनालका पनि प्रेस सल्लाहकार रहि सकेका व्यक्ति हुन्। प्रधानमन्त्रीको प्रेस सल्लाहकारबाट कुन्दन अर्यालले दिएको राजीनामा स्वीकृत भएसँगै थापालाई नियुक्त गरिएको हो। त्यस्तै, प्रधानमन्त्री ओलीले पूर्व राजश्व सचिव लालशंकर घिमिरेलाई ओलीले आर्थिक सल्लाहकार नियुक्त गरेका छन्।
प्रधानमन्त्री ओलीले गजेन्द्र थपलियालाई विकास विज्ञ नियुक्त गरेका छन्।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार कुन्दन अर्याल, प्रेस संयोजक चेतन अधिकारी, फोटो पत्रकार कृष्ण पौडेलले सचिवालय छाडेका हुन्। त्यस्तै जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, विकास विज्ञका रुपमा नियुक्ति लिएका घनश्याम भट्टराई, प्रधानमन्त्रीका सम्बोधनहरू तयार पार्ने कम्युटर अपरेटर उदय पोखरेल हटाइएका छन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x