Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

दम्पतीका लागि जीवन बीमा योजना, १८ देखि ६० वर्ष उमेर पुगेका दाम्पतिले खरिद गर्न सक्ने

दम्पतीका लागि जीवन बीमा योजना, १८ देखि ६० वर्ष उमेर पुगेका दाम्पतिले खरिद गर्न सक्ने

काठमाडौं, ३० कात्तिक । श्रीमान् श्रीमती रथका दुई पांग्रा हुन । एउटाको अभावमा अर्कोको जीवन अपुरो हुन्छ । यही बिषयलाई मनन गरी जीवन बीमा कम्पनीहरुले दम्पती बीमा योजना सञ्चालनमा ल्याएका छन् । श्रीमान् श्रीमतीको जोखिमलाई एउटै बीमा योजनाले सुरक्षण प्रदान गर्ने गरी कम्पनीहरुले योजना सञ्चालनमा ल्याएका हुन् ।

विवाहपरान्त तपाईको जीवन साथीको उत्तरदायित्व सबैभन्दा मुख्य हो । उसो त सँगै जिउने अनि सँगै बाँच्ने कसम नै खाएर विवाह बन्धनमा बाधिने जोडी पनि उत्तिकै छन् यहाँ । तर, यो त भावनात्मक कुरा मात्रै हो । व्यवहारिकतामा हेर्ने हो भने सँगै मर्ने जोडीको संख्या कम नै होला । मृत्यु सत्य हो । यो सबैमा लागू हुन्छ । फरक छ त केवल समयको । कोही अगाडी कोही पछाडी । यो कुरा पवित्र माया प्रेम गर्ने जोडीमा पनि लागु हुन्छ । त्यसैले कदमकदाचित तपाईको पहिला मृत्युभएको अवस्थामा तपाईं आफ्नो जीवन साथीलाई कस्तो खालको आर्थिक अवस्थामा छोड्न चाहनु हुन्छ । यो कुराले बढी महत्व राख्दछ ।

हुन त मृत्यूको बिषयमा कुरा गर्न कतिपयलाई मन पर्दैन । तर, संसारमा अमर पनि त कोही छैन । हामीले मृत्यूको बिषयमा नसोच्दैमा हामी अजर पनि त रहदैनौं । दुर्घटना जुनसुकै समयमा हुन सक्छ । हामी कुनै पनि बेला यसको शिकार बन्न सक्छौं । त्यसैले समयमा नै हामी त्यस बिषयमा सचेत हुनु आवश्यक छ ।

यसको लागि सबैभन्दा उत्तम उपाय हो बीमा । उसो त बीमा कम्पनीहरुले बजारमा विभिन्न खालका बीमा योजनाहरु सञ्चालनमा ल्याएका छन् । तर, केही बीमा कम्पनीहरुले एउटै पोलिसीले दुवै दम्पतीलाई समेट्ने गरी योजनाहरु बजारमा ल्याएका छन् ।

दम्पति बीमा योजना बीमा व्यवसायको क्षेत्रमा एउटा नौलो खालको जीवन बीमा योजना हो । श्रीमान्, श्रीमती (दम्पति) दुवैको संयुक्त नाममा एउटै बीमा पोलेसी भित्र दुवैको जीवन बीमा हुन सक्नु नै यस योजनाको सुन्दर पक्ष हो । यसबाट पारिवारिक वातावरणमा एउटा सुमधुर सम्बन्ध स्थापित भईरहने छ ।

यो योजना अनुसार बीमा अवधि भित्र श्रीमान् श्रीमतीमध्ये कुनै एकको मृत्यु भएमा जिवित व्यक्तिले तत्काल बीमांक रकम प्राप्त गर्छ । तर, जिवित व्यक्तिले बाँकी रहेको अवधिको बीमाशुल्क भुक्तानी गर्नुपर्दैन । यद्यपी योजना भने निरन्तर चलीरहन्छ । बीमा अवधि समाप्त भएपछि जिवित व्यक्तिले बीमांक रकम र बोनश एकमुष्ट प्राप्त गर्छ ।
यस योजनाको साथमा केही शुल्क थप गरी विमितले दोहोरो दुर्घटना लाभ, असक्त लाभ र बीमा शुल्क छुट सुविधा पनि लिन सकिनेछ ।

भुक्तानी हुने अवस्थाहरु
शिक्षित आय आर्जन गर्न सक्ने विवाहित दाम्पत्य जीवनलाई ध्यानमा राखी कम्पनीहरुले यो योजना सञ्चालनमा ल्याएका हुन् । मुख्य गरी यस योजनाले निम्न अवस्थामा बीमांक रकम भुक्तानी दिन्छ ।

बीमाको समाप्ति मितिसम्म श्रीमान् श्रीमती दुवै जिवित रहेमा बीमा गरेको रकम (बीमांक) र त्यसमा पाईने बोनस समेत हिसाव गरि एकमुष्ट रकम दिईने छ ।
बीमा अवधि समाप्त हुनु भन्दा अगाडी कुनै पनि बेला श्रीमान् वा श्रीमती दुई मध्ये कुनै एकको मृत्युहुन गएमा जीवित व्यक्तिलाई बीमांक रकम भुक्तानी गरिन्छ । तर, यस पछि पनि पोलिसी चालु अवस्थामा नै रहन्छ । बाँकी अवधिमा जीवित विमितले बीमा शुल्क तिरिरहनु पर्दैन । बीमा अवधिको समाप्तिमा निजलाई पुन बीमांक रकम र सुरु देखिको बोनश रकम एकमुष्ट दिईन्छ ।
बीमा अवधि भित्र दुवै विमितको मृत्यु हुन गएको अवस्थामा प्राप्त हुने बीमांक रकम र बोनश रकम निजहरुको इच्छाएको व्यक्तिलाई दिईन्छ । यदि कसैलाई पनि इच्छाएको छैन भने बीमा ऐन २०४९ को दफा ३८ मा उल्लेख गरे अनुसार नजिकको हकदारलाई उक्त रकम दिईने छ ।

दुर्घटना लाभ सुविधा लिएको अवस्थामा दुवै दम्पतिको दुर्घटनाको कारणले १८० दिनभित्र मृत्युभएका दुर्घटनामा लाभ सुविधाको बीमांकको दोब्बर रकम इच्छाएको व्यक्ति वा बीमा ऐन २०४९ को दफा ३८ बमोजिम नजिकको व्यक्तिलाई भुक्तानी गरिनेछ । दुर्घटनाबाट बिमित दम्पतिमध्ये कुनै एकले मात्र मृत्यु भएमा दुर्घटना लाभ सुविधाको बीमांक बराबर थप रकम जीवित दम्पतिलाई दिईनेछ । दुर्घटना लाभ सुविधा भुक्तानी लिएपश्चात् जीवित दम्पतिको कुनै कारणले दुर्घटना भएमा पुन ः दुर्घटना लाभ सुविधा उपलब्ध हुने छैन ।

नेपाल लाईफ इन्स्योरेन्स
नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले दम्पतीलाई लक्षित गरी “जीवन सारथी” नामक जीवन बीमा योजना सञ्चालनमा ल्याएको छ । कम्तिमा १८ बर्ष पुगेका र बढीमा ५० बर्ष पुगेका दम्पतीले यो योजना खरिद गर्न सक्नेछन् । यस्तो खालको बीमाको अवधि कम्तिमा १५ र बढीमा ३० बर्षको हुनेछ । यो योजना कम्तिमा ५० हजार र बढीमा विमितको आम्दानीको आधारमा गर्न सकिनेछ ।

नेशनल लाईफ ईन्स्योरेन्स
नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले “दम्पती अमृत सावधिक” नामक योजना सञ्चालनमा ल्याएको छ । यस योजनाले श्रीमान् र श्रीमती दुवैको बीमा गर्न सकिन्छ । कम्तिमा पनि १८ बर्ष र बढीमा ६० बर्षसम्मका दम्पतीले यो योजना खरिद गर्न सक्छन् । यो योजना कम्तिमा ५ र बढीमा ३० बर्षसम्मको लागि खरिद गर्न सकिन्छ । विमितले थोरैमा ५० हजार र बढीमा आम्दानीको स्रोतको आधारमा बीमांक रकम तोक्न सक्नेछन् । तर, श्रीमान् श्रीमतीको उमेर २० बर्ष भन्दा बढीको हुनुहुँदैन ।

एशियन लाईफ इन्स्योरेन्स
एशियन लाईफ इन्स्यारेन्स कम्पनीले “दम्पती सुरक्षा (संयुक्त सावधिक)” नामक जीवन बीमा योजना सञ्चालनमा ल्याएको छ । यस योजनाले पनि दम्पतीको नै बीमा गर्न सकिन्छ । कम्तिमा १८ बर्ष पुरा गरेको र ५० बर्ष पुगेका दम्पतिले यो योजना खरिद गर्न सक्नेछन् । यो योजना कम्तिमा १५ बढीमा २५ बर्षसम्मको लागि खरिद गर्न सकिन्छ । बीमांक कम्तिमा ५० हजार र बढीमा विमितको आयस्रोतको आधारमा तय गर्न सकिनेछ ।।

राष्ट्रिय बीमा संस्थान
राष्ट्रिय बीमा संस्थाले “जीवन साथी” नामक बीमा योजना सञ्चालनमा ल्याएको छ । यस योजनाले पनि श्रीमान् श्रीमती दुवैको बीमा गर्न सकिन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x