Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

सरकार ऋण मागेर देश चलाउने पक्षमा नरहेको अर्थमन्त्री खतिवडाको तर्क

सरकार ऋण मागेर देश चलाउने पक्षमा नरहेको अर्थमन्त्री खतिवडाको तर्क

काठमाडौं, ३० कात्तिक । अर्थमन्त्री डा.युवराज खतिवडाले सरकार ऋण माग्ने र ऋणको भार बोक्ने पक्षमा नरहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित नेपाल बैंक लिमिटेडको ८३ औं वार्षिकोत्सव कार्यक्रममा मन्त्री खतिवडाले सरकार नीतिगत सुधार र आर्थिक सूचांकमा सुधार गर्दै अगाडि बढेको भन्दै ऋण मागेर देश चलाउने पक्षमा सरकार नरहेको बताएका हुन् ।

‘अहिले आर्थिक सूचांकमा सुधार हुँदै आएको अवस्था छ ।’ उनले भने– ‘आर्थिक सूचांकमा सुधार हुनुमा बैंक तथा वित्तीय संस्थाको महत्वपूर्ण भूमिका रहेको छ ।’ यी सूचांक हेर्दा केही समयमा नै नेपाल ऋण लिने अवस्थामा नहुने उनको भनाई छ ।

त्यस्तै मन्त्री खतिवडाले बैंक तथा वित्तीय संस्थालाई नेपाल राष्ट्र बैंकका नीति नियमहरुलाई पालना गर्दै अगाडी बढ्न निर्देशन दिए । त्यसको लागि राज्यले आवश्यकता अनुसार सहयोग गर्ने उनले प्रतिवद्धता पनि जनाए । उनले भने–‘तपाईहरु ढुक्कले व्यवसाय गर्नुहोस् । व्यवसायिक विकासका लागि सरकार सहयोग गर्न तयार छ ।’

त्यसैगरी नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर चिन्तामणी शिवाकोटीले नीतिगत सुधारले गर्दा आर्थिक सूचांकमा सुधार भएको जानकारी दिए । उनले बैंकहरुलाई सहुलियतपूर्ण कर्जा ग्राहकलाई दिन अनुरोध गरे । उनले भने–‘बैकहरुले सहुलियत कर्जा दिन किन कन्जुसाईं गर्छन मलाई अचम्म लाग्छ ।’

नेपाल बैंक लिमिटेडका मुख्य कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपाल बैंक लिमिटेडका बैंकिङ्ग सेवाहरु अन्तर्राष्ट्रिय स्तरको बनाउँने तयारीका साथ अगाडी बढेको बताए । अहिले बैंकले ग्राहकको आवश्यकता हेरेर सेवा दिँदै आएको पनि जानकारी गराए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x