Date

बिहि, बैशाख ६, २०८१
Thu, April 18, 2024

भोली मनाइदै ८ औं कर दिवस, नारा ‘स्वच्छ कर प्रशासनः विकास र सुशासन’

भोली मनाइदै ८ औं कर दिवस, नारा ‘स्वच्छ कर प्रशासनः विकास र सुशासन’

काठमाडौं, ३० कत्तिक । आन्तरिक राजस्व विभागले ‘स्वच्छ कर प्रशासनः विकास र सुशासन’ भन्ने नारासहित ८ औं कर दिवस मनाउने भएको छ । विभागले सर्वसाधारणमा कर सम्बन्धी सचेतना बढाउने उद्देश्यले प्रत्येक वर्षको मंसिर १ गते मनाउदै आएको कर दिवस भोली काठमाडौंमा भव्य रुपमा मनाउन लागेको हो ।

उक्त दिवसको उद्घाटन अर्थमन्त्री डा.युवराज खतिवडाले गर्नेछन् । विभागले कर दिवस मनाउँन महानिर्देशकको संयोजकत्वमा मूल समारोह समिति र सो अन्तर्गत कार्यक्रम व्यवस्थापन, समारोह प्रवन्ध, प्रचार प्रसार, गरी ६ वटा उप–समिति गठन गरेको छ । कर दिवसमा बढी कर तिर्ने संघ संस्था र कर्मचारीहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रममा काठमाडौं र ललितपुर जिल्ला स्थित आन्तरिक राजस्व कार्यलयहरु, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स र राष्ट्रिय उद्योग व्यापारलगायतका संगठनहरुको सहभागीता रहने विभागले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x