Date

बिहि, बैशाख २०, २०८१
Thu, May 2, 2024

विकास खर्च गत वर्षभन्दा कमजोर

विकास खर्च गत वर्षभन्दा कमजोर

काठमाडौं, १ मंसिर । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा विकास खर्च गत वर्षभन्दा कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७५–७६ मा विकास खर्च कुल विनियोजनको ८.३० प्रतिशत थियो भने चालु आर्थिक वर्ष २०७६–७७ को सोही अवधिमा ५.९५ प्रतिशत छ । पहिलो चार महिनामा २४ अर्ब ६८ करोड रुपैयाँ विकास खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षको बजेटले विकास खर्चतर्फ ४ खर्ब ८ अर्ब रुपैयाँ विकास खर्चको लक्ष्य राखेको छ ।

विकास खर्चमा विगत वर्षहरुको समस्या दोहोरिरहेको छ । विगतमा सरकार फेरबदल भइरहँदा विकास खर्च गर्न समस्या भएको व्याख्या गरिदैं आएको थियो । विकास खर्चका लागि संरचनागत सुधार आवश्यक देखिएको छ । आयोजनाको पूर्व तयारी अभाव, खरिद प्रणाली र निर्माण कम्पनी (ठेकेदार कम्पनी)को क्षमता अभाव विकास खर्च कमजोर हुनुका मुख्य कारक हुन् । यी समस्याहरुमा सार्थक हस्तक्षेप नगरी विकास खर्चले गति लिन नसक्ने पूर्व अर्थसचिव शान्तराज सुवेदी बताउँछन् ।

खासगरी धेरै पुँजीगत बजेट खर्च गर्नुपर्ने मन्त्रालयहरु भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास, उर्जा, जलस्रोत तथा सिंचाई, खानेपानी, कृषि मन्त्रालय लगायत छन् । विकास खर्च कमजोर हुँदा हरेक वर्ष बहानाबाजी हुँदै आइरहेको छ । स्थायी र मजबुत सरकारले पनि विकास खर्चका समस्या समाधान नगर्ने हो भने आगामी दिनमा यसले अझै विकराल रुप लिने पूर्व सचिव सुवेदी बताउँछन्् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x