सेञ्चुरी बैंकद्वारा विद्यालयलाई कम्प्यूटर हस्तान्तरण

काठमाडौं, १ मंसिर । सेञ्चुरी कमर्सियल बैंक धुलिखेल शाखाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काभ्रेको धुलिखेल नगरपालिका वडा नं. ७ मा रहेको श्री सञ्जीवनी माध्यमिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको छ । बैंकले सूचना प्रविधि र कम्प्यूटरको व्यवहारिक ज्ञानमा सहयोग पु¥याउने उद्येश्यले २ थान कम्प्यूटर विद्यालयलाई वितरण गरेको हो ।

उक्त कम्प्यूटर धुलिखेल शाखाका शाखा प्रबन्धक दिपक ढुङ्गानाले विद्यालयका प्राचार्य लोकेन्द्र ढकाललाई हस्तान्तरण गरेका हुन् । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थय, वातावरण तथा अन्य क्षेत्रमा पनि कार्यक्रमहरु गर्दै आएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *