‘१० प्रतिशत लक्ष्मी बैंक डिबेन्चर, २०८६’ को बाँडफाँड सम्पन्न

काठमाडौं, १ मंसिर । लक्ष्मी बैंकले २ अर्ब रुपैयाँ मूल्य बराबरको ‘१० प्रतिशत लक्ष्मी बैंक डिबेन्चर, २०८६’ को बाँडफाँड सम्पन्न गरेकको छ । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड विक्री प्रबन्धक रहेको सो ऋणपत्र बाँडफाँड आइतबार बैंकको केन्द्रीय कार्यालयमा भएको हो ।

कूल निष्कासित २० करोड कित्ता ऋणपत्रमध्ये सर्वसाधारणतर्फ २ सय ६५ जना आवेदकलाई ७९ हजार ९ सय ९६ कित्ता र व्यक्तिगततर्फ २३ जना आवेदकलाई १९ लाख २० हजार ४ कित्ता ऋणपत्र माग गरे अनुसार जारी गरिएको बैंकले जनाएको छ । ऋणपत्रको आवेदन २०७६ असोज २३ गते सुरु भई कात्तिक २२ गते समाप्त भएको थियो ।

हाल बैंकले एक सय १६ शाखा, २ एक्सेन्शन काउन्टर, ४ हस्पिटल सेवाकाउन्टर, एक सय ४१ एटीएममार्फत सेवा दिँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *