Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

आइतबार नेप्सेमा ४.५९ अंकको गिरावट

आइतबार नेप्सेमा ४.५९ अंकको गिरावट

काठमाडौं, १ मंसिर । साताको पहिलो दिन आइतबार (आज) सेयर बजारमा ४.५९ अंकले गिरावट आएको छ । गत बिहीबार झिनो अंकले सुधार आएको नेप्सेमा आज गिरावट आएसँगै ११३१.३६ विन्दुमा बन्द भएको छ ।

एक सय ६३ कम्पनीको ११ लाख ६७ हजार ६ सय ५ कित्ता सेयर ३५ करोड ५१ लाख रुपैयाँको कारोबार भएको छ । सबैभन्दा बढी सेयर कारोबार शिवम् सिमेण्टको भएको छ । शिवम्को आज ४ कारोड ४ लाख रुपैयाँको सेयर खरिद विक्री भएको हो ।

त्यस्तै आज नेप्सेमा सूचिकृत १२ समूहमध्ये २ समूहको उपसूचकमा वृद्धि भएको छ भने अन्य १० समूहको उपसूचमा गिरावट आएको छ । उपसूचक वृद्धि हुनेमा ट्रेण्डिङ्ग र अन्य समूह रहेका छन् । ट्रेण्डिङ्ग समूहको ७.४१ प्रतिशत र अन्य समूहको ०.४ प्रतिशतले उपसूचकमा वृद्धि भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x