Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

पहिलो त्रैमासमै तीन बैंकले कमाए अर्ब बढी नाफा

पहिलो त्रैमासमै तीन बैंकले कमाए अर्ब बढी नाफा

काठमाडौं, २ मंसिर । चालु आर्थिक वर्ष २०७५–७६ को पहिलो त्रैमासमा तीन वाणिज्य बैंले एक अर्बभन्दा बढी नाफा कमाएका छन् । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक र एनआइसी एसिया बैंक पहिलो त्रैमासमै अर्ब रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गर्न सफल देखिएका छन् ।

अघिल्लो वर्ष सोही अवधिमा खुद नाफाका हिसाबले २८मध्ये पाँचौ स्थानमा रहेको एनआइसी एसिया बैंक तेस्रो स्थानमा आएको छ । नेपाल इन्भेष्टमेन्ट बैंक, एनएमबी बैंकलाई उछिनेर एनआइसी एसिया बैंक ‘टप थ्री’मा आएको हो ।

चालु आवको पहिलो त्रैमासमा समग्र वाणिज्य बैंकहरुको औसत नाफा वृद्धिदर ६.२६ प्रतिशत छ । गत आवको पहिलो त्रैमासमा २८ वाणिज्य बैंकको खुद नाफा १५ अर्ब २२ करोड रुपैयाँ थियो भने चालु वर्षको पहिलो त्रैमासमा १६ अर्ब १७ करोड रुपैयाँ रहेको छ ।
सबैभन्दा बढी नाफा आर्जन गर्ने राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब १२ करोड ७५ लाख, नबिल बैंकले १ अर्ब १२ करोड ३५ लाख, एनआइसी एसिया बैंकले एक अर्ब ९६ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

गत आवको पहिलो त्रैमासमा पनि तीन बैंकले अर्ब रुपैयाँभन्दा बढी नाफा आर्जन गरेका थिए । गत वर्ष पहिलो त्रैमासमा खुद मुनाफामा ‘टप थ्री’का रुपमा राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक रहेका थिए । नेपाल इन्भेष्टमेन्ट बैंकको खराब कर्जा वृद्धि हुँदा उसको नाफा कम भएको हो । बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले सञ्चालक समिति र व्यवस्थापनसँगको बैठकमा नाफा कसरी विस्तार गर्ने भने एनआइसी एसिया बैंकको उदाहरण दिने गरेका छन् ।

चालु आवको पहिलो त्रैमासमा राष्ट्रिय वाणिज्य, नबिल र एनआइसी एसियासँगै बढी नाफा गर्नेमध्ये पहिलो ‘हाफ’ को सूचीमा क्रमशः नेपाल इन्भेष्टमेन्ट, एनएमबी, ग्लोबल आइएमइ, हिमालयन, एभरेष्ट,प्राइम, स्ट्याण्डर्ड चार्टर्ड, प्रभु, कृषि विकास, सानिमा र नेपाल बैंक रहेका छन् ।

कसले कति नाफा कमाए ?
राष्ट्रिय वाणिज्य– १ अर्ब १२ करोड ७५ लाख
नबिल – १ अर्ब १२ करोड ३५ लाख
एनआइसी – १ अर्ब ९६ लाख
नेपाल इन्भेष्टमेन्ट – ८४ करोड ४४ लाख
एनएमबी – ८१ करोड ५१ लाख
ग्लोबल आइएमइ– ७५ करोड ३१ लाख
हिमालयन – ६९ करोड ४२ लाख
एभरेष्ट– ६९ करोड ८ लाख
प्राइम – ६५ करोड ९७ लाख
स्ट्याण्डर्ड चार्टर्ड – ६४ करोड ४१ लख
प्रभु – ६२ करोड ८४ लाख
कृषि विकास – ६० करोड ७३ लाख
सानिमा – ५९ करोड ३६ लाख
नेपाल बैंक – ५८ करोड १८ लाख
सिद्धार्थ – ५२ करोड १४ लाख
सनराइज – ४५ करोड ४३ लाख
मेगा – ४३ करोड ७४ लाख
नेपाल एसबीआई – ४३ करोड ७२ लाख
नेपाल बंगलादेश– ४० करोड २५ लाख
कुमारी– ४० करोड १९ लाख ८९ हजार
लक्ष्मी – ४० करोड १९ लाख ४६ हजार
बैंक अफ काठमाण्डू – ३८ करोड ३७ लाख
माछापुछ«े – ३७ करोड ६० लाख
जनता – ३६ करोड ६९ लाख
सिटिजन्स – ३४ करोड ९१ लाख
एनसीसी – ३४ करोड ३ लाख
सिभिल – १५ करोड ८९ लाख

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x