Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

सुनको मुल्य प्रतितोला ४ सय बढ्यो

सुनको मुल्य प्रतितोला ४ सय बढ्यो

काठमाडौं, ३ मंसिर । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ७२ हजार रुपैयाँ पुगेको छ । हिजो ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्यमा आज प्रतितोला ४ सय रुपैयाँ वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार साताको पहिलो दिन आइतबार प्रतितोला ७१ हजार ८ सय रुपैयाँमा सुन खरिद विक्री भएको भएपनि हिजो प्रतितोला २ सय रुपैयाँ घट्न पुगेको थियो । पछिल्लो केही महिना यता सुनको भाउ महंगिदै गएको छ ।

त्यस्तै आज चाँदीको मूल्यमा पनि प्रतितोला १० रुपैयाँ वृद्धि भएको छ । हिजो प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x