करको विषयमा उब्जिएका नकारात्मक धारणा छलफल गरेर टुङ्गो लगाईंने
काठमाडौं, ३ मंसिर । आन्तरिक राजश्व विभागका महानिर्देशक विनोद बहादुर कुँवरले करको विषयले उद्योग व्यवसायमा नकारात्मक असर पर्न नदिन व्यवसायीसँग छलफल गरेर यस विषयमा टुङ्गो लगाउने बताएका छन् । आठौं कर दिवस तथा कर सप्ताह कार्यक्रमको दोश्रो दिन सोमबार नेपाल चेम्बर अफ कमर्सको अन्तक्र्रिया कार्यक्रममा उनले प्रविधि मैत्री कर प्रशासनमा जोड दिनुपर्ने बताए ।
महानिर्देशक कुँवरले कर शिक्षालाई प्राथमिकता दिदै प्रणाली र प्रक्रियागत प्रणालीमा सुधार गरि कर कार्यलय नपुगि कर भुक्तानी र कर विवरण मोबाईलमा जानकारी दिने दिशामा भएकाले उद्योगी व्यवसायी एंव करदाताको साथ अनिवार्य रहेको धारणा राखेका थिए ।
त्यस्तै कार्यक्रममा चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले आर्थिक ऐन २०७६ लागू भएको चार महिना नवित्तै अन्तशुल्क करका दरमा परिवर्तन गर्नुले व्यवसायमा स्थिरता नहुने बताए । उद्यमी व्यवसायीले कर सम्बनधी कानून उल्लघंन गरेको पाइएमा उनीहरुलाई फौज्दारी अभियोग नलगाई आर्थिक जरिवाना मात्र लगाउनु पर्ने अध्यक्ष क्षेष्ठको भनाइ छ ।
कार्यक्रममा न्यू ब्यालेन्ट होम र युथ चेम्बर अफ कमर्सबीच कर सम्बन्धी तालिम दिनेबारे सम्झौता भएको भएको थियो । होमका अध्यक्ष कुमार थापा र चेम्बरका महानिर्देशक कैलाश कुमार बजिमयले सम्झौता पत्रमा हस्ताक्षर गरे ।