Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

साढे ३६ करोड राजस्व छली गरेको आरोमा मुद्धा

काठमाडौ, ३ मंसिर । राजस्व छली गरेको आरोपमा राजस्व अनुसन्धान विभागले झापा स्थित साकम्बरी प्रोडक्टका प्रोपाईटर मुकेश शर्मा, रामकृष्ण शर्मा सहित ६ जनालाई मुद्धा दायर गरेको छ । विभागले आईतबार ३६ करोड ५४ लाख विगो कायम गरी झापा जिल्ला अदालतमा मुद्धा दायर गरेको हो ।

कम्पनीले अवैध रुपमा गुट्खा लगायतका मालबस्तुहरु उत्पादन गरी अवैध विक्री वितरण गरी राजस्व चुहावट गरेको विभागको अनुसन्धानले देखाएको छ । विभागले साकम्बरीका प्रोपाईटर मुकेश शर्मा र सुपरभाईजर विष्णुप्रसाद खरेल, एस.एस इन्टरप्राईजेजका प्रोपाईटर रामकृष्ण शर्मा, सुपरभाईजर सदन सिंह तथा माधव इन्टरप्राईजेजका प्रोपाईटर सिताराम शर्मा तथा सवारी धनी आशिष शर्मा समेतलाई प्रतिवादी बनाई मुद्धा दायर गरेको हो । विगोको दोब्बरसम्म जरिवाना र ३ बर्षसम्म कैद सजायको माग गरेको छ ।

त्यस्तै विभागले आईतबार नै मूल्य अभिबृद्धि करको झुठ्ठा तथा नक्कली विजकको प्रयोग गरेको आरोपमा २ वटा फर्म र ३ जना व्यक्ति विरुद्ध मुद्धा दायर गरेको छ । विगभाले १ करोड ७४ हजार विगो, विगोको दोब्बरसम्म जरिवाना र ३ बर्षको कैद सजायको माग सहित काठमाडौ जिल्ला अदालतमा मुद्धा दायर गरको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x