राष्ट्रिय वाणिज्य बैंकद्वारा महिला भलिबल टिमलाई सम्मान

काठमाडौं, ३ मंसिर । राष्ट्रिय वाणिज्य बैंकले नेपाली राष्ट्रिय महिला भलिबल टिमलाई ‘एशियन सेन्ट्रल जोन सिनियर ओमेन भलिबल’ प्रतियोगितामा प्रथम भएकोमा सम्मान गरेको छ । पहिलोपटक अन्तर्राष्ट्रिय उपाधि जित प्राप्त गरेकोले सोमबार नेपाली राष्ट्रिय महिला भलिबल टिमलाई बैंकले एक कार्यक्रम आयोजना गरी सम्मानपत्रसहित पुरस्कार प्रदान गरेको हो ।

कार्यक्रममा बैंक संचालक समितिका सदस्य निर्मलहरि अधिकारीले बैंकले भलिबललाई विगत देखि गरेको सहयोगको परिणाम आएको र अन्तर्राष्ट्रिय रुपमा प्राप्त भएको उपलब्धिले देशको शिर उच्च भएको बताए । राष्ट्रिय वाणिज्य बैंक र नेपाल भलिबल संघ बीच ‘आरबीबी–एनभिए’ राष्ट्रिय क्लब लिग भलिबल प्रतियोगितालाई मूख्य प्रायोजन गर्ने सम्झौता ४ वर्ष देखि रहँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *