Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

केरुङ काठमाडौ रेलमार्ग अध्ययन गर्न चिनिया टोली काठमाडौ आउँदै

केरुङ काठमाडौ रेलमार्ग अध्ययन गर्न चिनिया टोली काठमाडौ आउँदै

काठमाडौं, ६ मंसिर । नेपाल चीन जोड्ने केरुङ-काठमाडौं रेलमार्गको सम्भाव्यता (फिजिविलिटी) अध्ययन अघि बढाउन आगामी सोमबार चिनियाँ टोली काठमाडौं आउने भएको छ। रेल विभागका अनुसार २३ सदस्यीय चिनियाँ टोली काठमाडौं आईपुग्ने छ। मंगलबार केरुङ काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन अघि बढाउने विषयमा द्धिपक्षीय छलफल हुनेछ।

वार्ताले सम्भाव्यता अध्ययन कहिलेबाट सुरु गर्ने, कसको लगानी कति हुने, कसरी गर्ने भन्ने लगायतका विषय टुङग्याउने छ। त्यस्तै चिनियाँ टोली काठमाडौं–पोखरा रेलमार्गको स्थलगत अध्ययनका लागि बुधबार पोखरा जानेछ। बिहीबार टोली स्वदेश फिर्ता हुनेछ।

चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणको क्रममा यो रेलमार्गको डिटेल फिजिविलिटी गर्ने द्धिपक्षीय सम्झौता भएको थियो। यो बैठक उक्त सम्झौता कार्यान्वयनका लागि बस्न लागेको हो। रेलमार्गको प्रि फिजिविलिटी रिपोर्ट तयार पारेको करिव डेढ बर्षपछि बल्ल डिटेल फिजिविलिटी गर्न लागिएको हो। चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा चिनियाँ कम्पनी फष्ट सर्भे एण्ड डिजाईन इन्स्ट्रिच्युटले प्रि फिजिविलिटी तयार पारेको हो।

चिनियाँ कम्पनीले दिएको रिपोर्ट अनुसार यो रेलमार्ग करिव ७२ किलोमिटर लम्वाईको हुनेछ। ७ वटा १८ किलोमिटरसम्म लम्वाईका सुरुङमार्ग निर्माण हुनेछ। त्यस्तै ७० मिटरसम्म उचाईका पुलहरु निर्माण गर्नुपर्ने छ। ९५ प्रतिशत रेलको लिकं सुरुङमार्ग र पुलमाथि रहनेछ। बाँकी करिव ५ प्रतिशत सतहमा रहनेछ। यो रेलमार्ग निर्माणका लागि २ खर्ब ५६ अर्व लाग्ने प्रि फिजिविलिटी रिपोर्टले देखाएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x