उर्जामा लगानी बढाउन सरकारले के सहयोग गर्न पर्छ त्यसको लागि तयार छौं : अर्थमन्त्री खतिवडा

काठमाडौं,६ मंसिर । अर्थमन्त्री डा. युवराज खतिवडाले उर्जा उत्पादन बृद्धिका लागि सरकारले थुप्रै नीतिमा सुधार गरि सहजता प्रदान गरेको बताएका छन् । उर्जा सम्मेलनको अवसरमा आयोजित समूहगत छलफल कार्यक्रममा उनले लगानीकर्ताहरुको लगानीको सुरक्षाका लागि नीतिमा सुधार गरेको जानकारी दिदै थप सहजता प्रदान गर्न तयार रहेको बताए ।

विद्युत उत्पादनमा भएको बृद्धिसँगै त्यसको खपत बढाउन आवश्यक रहेको भन्दै उनले बजारीकणका लागि पनि सरकारले नीति बनाइरहेको बताए ।

बैैंक तथा वित्तीय संस्थाहरुले उर्जा क्षेत्रमा लगानी विस्तार गरिहेको जनाउदै मन्त्री खतिवडाले थप व्यापारिक वातावरण सुधार गर्न, उर्जामा लगानी बढाउन सरकारले के गर्न सक्छ । त्यसमा सुधार गर्न तयार, धेरै तयार रहेको बताए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *