Date

आइत, पुस २८, २०८१
Sun, January 12, 2025

हिमालय एयरलाइन्सको चाङ्सा उडान

हिमालय एयरलाइन्सको चाङ्सा उडान

काठमाडौं, ७ मंसिर ।। हिमालय एयरलाइन्सले काठमाडौंदेखि चाङ्साको नयाँ उडान शुरु गरेको छ । चाङ्सा मध्य चीनको हुनान प्रान्तको राजधानी हो । नेपाल भ्रमण बर्ष २०२० सुरु हुन अघि नयाँ बजार अन्वेषण गर्दै यस प्रान्तबाट नेपाल भित्रिने सम्भावित पर्यटकहरुको प्रवद्र्धन गर्ने र पहिचान बढाउने उद्देश्य राखेको एयरलाइन्सले जनाएको । यो नयाँ सेवाका साथ नेपालीहरु सहज, कम लागत र सिधा सम्पर्कबाट चीनको नयाँ गन्तव्यस्थल पुग्न सक्नेछन् ।

गुइयाङको ठीक पछि, हिमालयले काठमाडौं र चाङ्सा बीचको नयाँ उडान शुरु गरेको हो । प्रत्येक बर्ष ठूलो संख्यामा पर्यटकलाई आकर्षित गर्ने चाङ्सा चीनकै प्रमुख पर्यटकीय शहर मध्येको एक हो । हिमालय एअरलाइन्स्को विमानले हरेक बुधबार काठमाडौंबाट चाङ्सका लागि उडान भर्नेछ र सोहि दिन फर्केने छ । हिमालय एअरलाइन्स् यी दुई शहरबीच सिधा उडान गर्ने एकमात्र एअरलाइन्स् हो ।

उद्घाटन उडान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मङ्सिर ४ गते स्थानीय समय ११ः०३ मा चाङ्साका लागि आफ्नो पहिलो उडान भरेको छ र चीनको चाङ्सा हुवानगुआ अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय १७ः१९ मा अवतरण गरेको छ । आवागमन उडान चाङ्साको हुवानगुआ अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय १८ः२८ मा फर्किएको छ र सोही दिन काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय २१ः२३ मा अवतरण गरेको छ ।
चीनले नेपाललाई फुर्सदको समय बिताउने नयाँ गन्तव्यको रुपमा स्थानमा गरेको छ जुन विगतका केही बर्षहरुमा नेपालमा चिनियाँ पर्यटकहरु वृद्धि हुनुको प्रमुख कारण हो । विगत केही बर्षदेखि नेपाल भ्रमणमा आउने चिनियाँ पर्यटकको संख्या निरन्तर बढ्दै गएको छ । सन् २०१९ को अक्टोबरको तथ्यांक अनुसार कुल १३,४८९ चिनियाँ पर्यटक नेपाल भित्रिए सँगै चीन नेपाल भ्रमणमा आउने पर्यटकहरुको संख्यामा पहिलो स्थानमा छ । यो नेपाल भित्रिने पर्यटक संख्याको कुल १०.४५ प्रतिशत हो ।सन् २०१९ (जनवरी देखि अक्टुबर सम्म)को बार्षिक तुलना गर्ने हो भने कुल १३४,२८१ चिनियाँ पर्यटक भित्रिए सँगै नेपाल भ्रमणमा आउने पर्यटकहरुको संख्यामा चीन दोस्रो स्थानमा भए साथै सन् २०१८ को यसै अवधिको तुलनामा ९.२ प्रतिशतले वृद्धि भएको छ । गुईयाङ–काठमाडौं नयाँ सञ्जाल सँगै एउटा ठूलो तवरले नेपालको पर्यटन अर्थतन्त्रमा आफ्नो योगदान पु¥याउने विश्वास र आशा राखेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x