Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

कृषि कर्जाको ३८ अर्ब २० करोड बक्यौता

कृषि कर्जाको ३८ अर्ब २० करोड बक्यौता

काठमाडौं, ७ मंसिर । कृषि तथा पशुपंक्षी व्यवसायको कर्जा अन्र्तगत ३८ अर्ब २० करोड रुपैयाँ बक्यौता रहेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक बर्षको असोज महिनासम्ममा बैंक तथा वित्तीय संस्थाले १८ हजार ८ सय ५ ऋणीबाट उक्त रकम असुल गर्न बाँकी रहेको हो ।

त्यसैगरी सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्र्तगत प्रवाह भएको कर्जामध्ये एक अर्ब १० करोड रुपैयाँ बक्यौता रहेको छ । वित्तीय संस्थाले एक हजार ८ सय ५४ ऋणीबाट उक्त रकम असुल गर्न बाँकी रहेको हो ।

४.३ प्रतिशतले बढ्यो कर्जा
चालु आवको असोजसम्ममा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित हुने कर्जा ४.३ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा यस्तो कर्जा ७.२ प्रतिशतले बढेको थियो । वित्तीय संस्थाले गरेको कुल कर्जा रकममध्ये ६४.४ प्रतिशत घरजग्गाको धितोमा लगानी भएको छ भने १३.७ प्रतिशत चालु सम्पती धितोमा लगानी भएको छ ।

समिक्षा अवधिमा कृषि क्षेत्र तर्फको कर्जा २ प्रतिशतले बढेको छ । औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ५.४ प्रतिशत, निर्माण क्षेत्रतर्फ ४.४, यातायात स ञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ५.४ प्रतिशत छ भने उद्योग क्षेत्रतर्फको कर्जा ६.३ प्रतिशतले बढेको छ ।

विप्रेषण आप्रवाह घट्यो
चालु आवको पहिलो तीन महिनाको अवधिमा विप्रेषण आप्रवाह ४.९ प्रतिशतले घटेको छ । सो अवधिमा जम्मा २ खर्ब ३० अर्ब २४ करोड रुपैयाँ विप्रषेण आप्रवाह भएको छ । गत आवको सोही अवधिमा भने विप्रेषण आप्रवाह ३७.३ प्रतिशतले बढेको थियो । गत आवामा मलेशिया रोजगारी रोकिएपछि विप्रेषण आप्रवाह पनि घटेको हो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ४.६ प्रतिशतले कमी आएको छ । अघिल्लो बर्ष यस्तो आप्रवाह २४.५ प्रतिशतले बढेको थियो ।

राष्ट्र बैंकको तथ्यांक अनुसार अन्तिम श्रम स्वीकृतिका आधारमा बैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ३.७ प्रतिशतले घटेको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो संख्या ३४.८ प्रतिशतले घटेको थियो । पुन श्रम स्वीकृतिका आधारमा रोजगारीमा जाने नेपालीको संख्या ०.९ प्रतिशतले घटेको छ । अघिल्लो आवको सोही अवधिमा भने ४.७ प्रतिशतले घटेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x