Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

भ्रमण वर्ष सचिवालयको सदस्य सचिवमा श्रेष्ठ

भ्रमण वर्ष सचिवालयको सदस्य सचिवमा श्रेष्ठ

काठमाडौं, ७ मंसिर । सरकारले नेपाल भ्रमण वर्ष २०२० को सचिवालयको सदस्य सचिवमा पर्यटन व्यवसायी बच्चुनारायण श्रेष्ठलाई नियुक्त गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीस्तरीय निर्णयबाट श्रेष्ठलाई सदस्य सचिवमा नियुक्त गरिएको हो ।

पर्यटन व्यवसायमा आवद्ध उनले यसअघि ट्रेकिङ एजेन्सी एसोशिएसन अफ नेपाल (टान) मा उपाध्यक्षको रुपमा काम गरिसकेका छन् ।

भ्रमण वर्षको संयोजकमा सुरज वैद्यलाई नियुक्त गरेसँगै पर्यटन व्यवसायीहरुले व्यवसायीक प्रतिनिधित्व नभएको भन्दै गुनासो गर्दै आएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x