Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

कपडा उद्योग सञ्चालन गर्न ५ करोड र प्राविधिक तालिम लिन २ लाख रुपैयाँसम्म सहुलियत ब्याजदरमा कर्जा पाईने

कपडा उद्योग सञ्चालन गर्न ५ करोड र प्राविधिक तालिम लिन २ लाख रुपैयाँसम्म सहुलियत ब्याजदरमा कर्जा पाईने

काठमाडौ, ९ मंसिर । कपडा उद्योग सञ्चालनको लागि सरकारले ५ करोड रुपैयाँसम्मको कर्जा सहुलियत व्याजदरमा उपलब्ध गराउने भएको छ । कात्तिक २९ गते बसेको मन्त्री परिषदको बैठकले सहुलियतपूर्ण कर्जाको लागि व्याज अनुदान सम्बन्धि कार्यविधिमा संशोधन गर्दै अन्य थप २ प्रकारका कर्जालाई सहुलियतको सूचीमा समावेश गरेको हो ।

नयाँ व्यवस्था अनुसार कपडा उद्योग सञ्चालनको लागि ५ करोड रुपैयाँसम्म सहुलियत कर्जा प्रदान गरिनेछ । यस्तो कर्जा लिदा भने अनिवार्य रुपमा धितो राख्नुपर्नेछ । गत साउनसम्म कायम ऋण लिएका कपडा उद्योगीले समेत ८ मंसिरबाट लागु हुनेगरी यस्तो सुविधा पाउनेछन् ।

यस्तो कर्जामा ५ प्रतिशतको दरले अनुदान दिइने कार्यविधिमा उल्लेख गरिएको छ । उद्योगको सञ्चालन अवस्था, रुग्ण भए पुनः सञ्चालनमा आउन सक्ने अवस्था र व्यवसायिक योजना समेतका आधारमा कर्जा दिने बैंकबाट सम्भाव्यताको सिफारिश गर्नुपर्नेछ ।

सहुलियत कर्जा उद्योगको लागि उपयोग नगरिएको पाइएमा सावामा १५ प्रतिशत व्याज असुल गरिने भएको छ । अनुदानका लागि उद्योगी नेपाली नागरिक नै हुनुपर्नेछ । यस्तो अनुदान लिन उद्योगले मूल्य अभिवृद्धि करमा दर्ता भएकै हुनुपर्ने र अनुदान दाबी गर्दा अघिल्लो आर्थिक वर्षको आय विवरण र कर चुक्ता गरेको विवरण समेत पेश गर्नुपर्ने भएको छ ।

त्यस्तै, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्बाट मान्यताप्राप्त संस्थाबाट लिइने तालिमको लागि २ लाख रुपैयाँसम्मको सहुलियत कर्जा दिईने भएको छ । एकाघर परिवारको व्यक्तिगत जमानीमा मात्रै तालिमको लागि यस्तो कर्जा उपलब्ध हुने व्यवस्था कार्यविधिमा गरिएको छ । कर्जाका लागि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदबाट मान्यता प्राप्त संस्थाबाट भर्ना भएको र तालिम लिन चाहेको विषय खुल्ने कागजात पेश गर्नुपर्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x