८६ प्रतिशतले घट्यो अटो लोन
काठमाडौँ, ९ मंसिर । चालु आर्थिक बर्ष २०७६/७७ को पहिलो त्रैमासिक अवधिमा अटोलोन ८६ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैकको तथ्यांक अनुसार समिक्षा अवधिमा बैक तथा वित्तीय संस्थाहरुले ६६ करोड ५८ लाख रुपैयाँ अटोलोन प्रवाह गरेका थिए भने गत आवको सोही अवधिमा यस्तो कर्जा ४ अर्ब ७५ करोड रुपैयाँ थियो ।
नेपालमा चार्डपर्वमा नयाँ सवारी साधन खरिद गर्ने अभ्यास छ । त्यसैले यस अघिका बर्षहरुमा दशै तिहारमा अटोलोनको माग बढी हुने गथ्र्यो । तर, व्यापार घाटा चुलिएपछि सरकारले विलाशिताका बस्तुको आयातमा कडाई गरेको छ । साथै लोन प्रवाहमा बैकहरुले आफैले पनि कडाई गर्न थालेका छन् । लोन प्रक्रिया कठिन बनाईएको छ । फलस्वरुप अटोलोनको माग पनि घटेको हो ।
केन्द्रिय बैकले अटोलोन कर्जामा ५० प्रतिशतको मात्रै व्यवस्था गरेको छ । ५० प्रतिशत भने ऋणीले नै भुक्तानी गर्नुपर्नेछ । यस अघिको व्यवस्था अनुसार अटोलोन अधिकत्तम ७५ प्रतिशतसम्म दिईन्थ्यो । त्यस्तै चालु आवको पहिलो त्रैमासमा सवारी सधान विक्रीमा आधाले घटेको व्यवसायीहरु बताउँछन् ।