एसियन लाइफको हकप्रदकाे लागि माघ ८ मा बुक क्लोज

काठमाडौं, २६ पौष । बिमा समितिको निर्देशन बमोजिम चुक्ता पुँजी बढाउने क्रममा एशियन लाइफ इन्स्योरेन्सले ५० प्रतिशत हकप्रद जारी गर्ने भएको छ । हकप्रद शेयर निष्काशन प्रयोजनको लागि माघ ८ गते सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने भएको छ । यसअनुसार ७ गतेसम्म कायम सेयरधनीले हकप्रदमा आवेदन गर्न पाउनेछन् ।
धितोपत्र बोर्डबाट २ः१ अनुपातमा ४० लाख २७ हजार ९६६ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाएसँगै एसियनले बुकक्लोज तोकेको हो ।  गत आर्थिक वर्षको कमाईबाट २० प्रतिशत बोनस बितरण गरि चुक्ता पूँजी ८० करोड ५५ लाख रुपैंयाँ पुर्याएको इन्स्योरेन्सले ४० करोड २७ लाख रुपैंयाँको हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब २० करोड ८३ लाख रुपैयाँ पुग्नेछ । बिमा समितिको निर्देशन अनुसार जीवन बिमा कम्पनीले ७५ असार मसान्तसम्म चुक्ता पुँजी २ अर्ब रुपियाँ पु¥याइसक्नुपर्छ । तोकिएको पूँजी पुर्याउन कम्पनीले थप सवा ७९ करोड रुपैंयाँ पूँजी विस्तार गर्नुपर्ने हुन्छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल रहेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले १ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ८६ पैसा र प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ ५४ पैसा छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *