Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

युनाईटेड इन्स्योरेन्सको २३ औं वार्षिक साधारण सभा सम्पन्न

युनाईटेड इन्स्योरेन्सको २३ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, २६ पुस । युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । राजधानीमा आज सम्पन्न साधारण सभाले गत आर्थिक वर्षको नाफा–नोक्सान, आय–व्यय तथा नगद प्रवाह लगायतका वित्तिय प्रतिवेदनहरु पातिर गरेको छ ।

त्यस्तै सोही साधारण सभाले शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने दुई जना सदस्यहरु पनि चयन गरेको छ । यस युनाइटेड इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा गत आर्थिक वर्षको सोही अवधीको तुलनामा ९.३० प्रतिशतले बृद्धि गर्दै दुई करोड १८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

हाल कम्पनीको चूक्ता पूँजी ३० करोड २४ लाख रुपैयाँ रहेको छ भने काठमाडौंको थापाथलीमा रहेको प्रधान कार्यालय सहित २९ वटा शाखा कार्यालय मार्फत नीर्जिवन बीमा गराउदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x