साताको अन्तिम दिन नेप्से ४.६७ अंकले घट्यो
काठमाडौं, १२ मंसिर । साताको अन्तिम कारोबार दिन बिहीबार (आज) नेप्सेमा गिरावट आएको छ । हिजो ८.२७ अंकले वृद्धि भएको नेप्से परिसूचक आज ४.६७ अंकले गिरावट आई १११२.७९ विन्दुमा बन्द भएको छ ।
आज परिसूचकमा गिरावट आएको भएपनि कारोबार रकममा भने हिजोको तुलनामा ३ करोड रुपैयाँ बढेको छ । एक सय ६६ कम्पनीको १२ लाख ७१ हजार ६ कित्ता सेयर खरिद–विक्री हुँदा २४ करोड ३३ लाख रुपैयाँको कारोबार भएको हो ।
आज सबैभन्दा बढी सेयर कारोबार हिमालयन डिस्टिलरी लिमिटेडको ३ करोड ३५ लाख रुपैयाँ भन्दा बढीको भएको छ भने सबैभन्दा बढी कमाउनेमा माउण्टेल हाइड्रो नेपाल लिमिटेडका लगानीकर्ता रहेका छन् । आज उक्त हाइड्रोको प्रतिसेयर मूल्य ५.२६ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी सबैभन्दा बढी गुमाउनेमा साल्ट ट्रेडिङ्ग कर्पोरेशनका लगननी कर्ता रहेका छन् । साल्ट ट्रेडिङ्गको प्रतिसेयर मूल्य ५.९३५ प्रतिशतले घेटेको छ ।
आज नेप्सेमा सूचिकृत १२ समूहमध्ये जीवन बीमा समूहको उपसूचकमा वृद्धि भएको छ भने बाँकी समूहको उपसूचकमा गिरावट आएको छ । जीवन बीमा समूहमा ०.३७ प्रतिशतले उपसूचकमा गिरावट आएको हो ।