Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

आइएमई‘दशैमा डबलको डबलको डबल अफर’ को बम्पर बिजेता बने सप्तरीका खान

आइएमई‘दशैमा डबलको डबलको डबल अफर’ को बम्पर बिजेता बने सप्तरीका खान

काठमाडौं, १२ मंसिर । आइएमई मनी ट्रन्सफरको ‘दशैमा डबलको डबलको डबल अफर’को बिजेता सप्तरीका खतवी बिरेन्द्र खान बनेका छन् । लक्की ड्र मार्फत उनी बिजेता बनेको आइएमईले काठमाण्डौंमा आज पत्रकार गरि जानकारी दिएको हो ।

बिजेता खानले मलेसियाबाट आइएमई गरि आफ्नो परिवारलाई ५९ हजार ७ सय ३२ रुपैयाँ पठाएकोमा त्यसको आठ गुणा अर्थात ४ लाख ७७ हजार ८ सय ५६ रुपैयाँ प्राप्त गरेका छन् ।

कार्यक्रममा आइएमई गु्रपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइएमईले विदेशमा बसेर आर्जन गरेको पुजीलाई बैंकिङ्ग सञ्जालमार्फत देशमा भित्र्याउन यस्ता खालका योजनाहरु ल्याएको बताए । उनले यी योजनाहरुले रेमिन्ट्यान्समा वृद्धि हुने र त्यसले देशको समग्र अर्थतन्त्रमा मदत पुग्ने बताए ।

त्यस्तै आइएमई रेमिट्यान्सका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले हरेक बर्ष चाडपर्वलाई लक्षित गर्दै ल्याइने योजनाले सेवाग्राहीको सहभागिता बढाउदै लगेको बताए । ७७ दिनको योजना अवधिमा दैनिक लक्की ड्र मार्फत ११ हजर ९ सय ३१ , साप्ताहिक लक्की मार्फत २२ जना, मासिक लक्की ड्र मार्फत ४ जना र बम्पर लक्की ड्र मार्फत १ जना सेवाग्राही लाभांविन्त भएको जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x