Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

एनआईसी एशिया क्यापिटल आई एस ओ ९००१ः२०१५ द्वारा प्रमाणित

एनआईसी एशिया क्यापिटल आई एस ओ ९००१ः२०१५ द्वारा प्रमाणित

काठमाडौं, १२ मंसिर । एनआईसी एशिया क्यापिटल लिमिटेडले अन्तर्राष्ट्रिय मान्यता प्राप्त आई.एस.ओ ९००१ः२०१५ प्रमाणपत्र प्राप्त गरेको छ । क्यापिटल सो प्रमाणपत्र प्राप्त गर्ने पहिलो मर्चेण्ट बैंकर बन्न सफल भएको हो ।

उक्त प्रमाणपत्र प्राप्त गरेसँगै क्यापिटलले प्रदान गर्ने सेवाहरुको विश्वसनीयता बढाउने काम प्रमाणपत्रले गरेको विज्ञप्तिमार्फत जानाकारी गराइएको छ । क्यापिटलले हाल सेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, सेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेण्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आएको छ ।

साथै एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तरर्गतको सामूहिक लगानी कोष योजना ‘एनआईसी एशिया ग्रोथ फण्ड’ र ‘एन आई सी एशिया ब्यालेन्स् फण्ड’ संचालन गरिरहेको पनि जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x