Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

विकास बैंकको नाफामा १६ प्रतिशतको वृद्धि

विकास बैंकको नाफामा १६ प्रतिशतको वृद्धि

काठमाडौं, १२ मंसिर । चालु आर्थिक वर्ष २०७६÷७७ को पहिलो तीन महिनाको अवधिमा विकास बैंकहरुको नाफा १६ दशमलव १३ प्रतिशतले बढेको छ । बैंकले चालू आवको समीक्षा अवधिमा १ अर्ब ४९ करोड नाफा गरेका छन् । गत आवको सोही अवधिमा भने बैंकहरुको नाफा १ अर्ब २८ करोड रुपैयाँ थियो ।

बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार राष्ट्रिय स्तरका विकास बैंकभन्दा क्षेत्रीय स्तरका विकास बैंकको नाफा वृद्धिदर बढी देखिएको छ । दश राष्ट्रियस्तरका विकास बैंकले गत आवको भन्दा १५ दशमलव ३ प्रतिशत बढी नाफा गरेका छन् । तर, क्षेत्रीय स्तरका विकास बैंकले १७ दशमलव २२ प्रतिशत बढी नाफा गरेका छन् । बैंकहरुले चालू आवको समीक्षा अवधिमा ३२ करोड २२ लाख रुपैयाँ नाफा गरेका छन् भने गत वर्षको सोही अवधिमा २७ करोड ४८ लाख नाफा गरेका थिए ।

राष्ट्रिय स्तरका विकास बैंकले चालू आवको पहिलो त्रैमासिक अवधिमा १ अर्ब १७ करोड आम्दानी गरेका छन् । गत वर्षको सोही अवधिमा भने बैंकहरुले १ अर्ब १ करोड नाफा गरेका थिए ।

वित्तीय विवरण प्रकाशित गरेका विकास बैंकमध्ये कामना सेवा विकास बैंक सबैभन्दा बढी नाफा बढाएको छ । गत आवमा २७ लाख ८८ हजार नाफा गरेको बैंकले चालू आवको तीन महिनामा १ करोड ८६ लाख नाफा गरेको छ । रकमको आधारमा भने मुक्तिनाथ विकास बैंकले सर्वाधिक २२ करोड ८७ लाख ६४ हजार नाफा कमाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x