Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

आइतबार सेयर कारोबार २० करोडमा खुम्चियो

आइतबार सेयर कारोबार २० करोडमा खुम्चियो

काठमाडौं, १५ मंसिर । केही सातादेखि लगातार ओरालो लागेको सेयर बजारमा साताको पहिलो कारोबार दिन आइतबार (आज) झिनो अंकले सुधार आएको छ । गत बिहीबार ४.६७ अंकले गिरावट आएर बन्द भएको नेप्से परिसूचक आज ०.०७ अंकले वृद्धि भई १११२.८५ विन्दुमा रोकिएको छ ।
एक सय ६१ कम्पनीको ६ लाख ७५ हजार ३८ कित्ता सेयर खरिद–विक्री हुँदा २० करोड ६३ लाख रुपैयाँको कारोबार भएको छ । सबैभन्दा बढी सेयर कारोबार नविल बैंक लिमिटेडको भएको छ । नविलको एक करोड ७५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो ।
त्यस्तै आज नेप्सेमा सूचिकृत १२ समूहमध्ये ६ समूहको उपसूचकमा वृद्धि भएको छ भने बाँकी ६ समूहको उपसूचकमा गिरावट आएको छ । उपसूचक वृद्धि हुनेमा होटेल, जलविद्युत्, फाइनान्स, उत्पादन तथा प्रशोधन, अन्य र जीवन बीमा समूह रहेका छन् । आज सबैभन्दा बढी उपसूचकमा वृद्धि जीवन बीमा समूहको भएको छ । जीवन बीमा समूहको २.६१ प्रतिशतले उपसूचकमा वृद्धि भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x