गुराँस लघुवित्त वित्तीय संस्थाको ८.०१ प्रतिशत लाभांश पारित

काठमाडौं, १५ मंसिर । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले ८.०१ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । संस्थाको चौथो वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो । हाल संस्थाको चुक्तापूँजी ७ करोड ७५ लाख रुपैयाँ रहेको जनाएको छ ।

साथै, सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट ओम प्रकाश प्रसाई र डा. प्रियंका कटवाललाई निर्विरोध संचालकमा नियुक्त गरेको छ । हाल संस्थाले २६ वटा शाखा कार्यालयमार्फत् सेवा दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *