सोमबार सुनचाँदीको मूल्य घट्यो

काठमाडौं, १६ मंसिर । सोमबार स्थान्ीय बजारमा सुन, चाँदीको मूल्य घटेको छ । सोमबार छापावाला सुन प्रतितोला २ सय रुपैयाँले घटेर ७१ हजार ४ सय रुपैयाँ किनबेच सुरु भएको नेपाल सुन, चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार छापावाला सुन प्रतितोला ३ सय रुपैयाँले बढेको थियो । यस्तै, सोमबार तेजाबी सुन पनि तोलाको २ सय रुपैयाँले नै घटेर ७१ हजार १ सय रुपैयाँमा झरेको महासंघले जनाएको छ।

चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर प्रतितोला ८ सय ५० रुपैयाँ कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *