
काठमाडौं, १७ मंसीर । नेपाल बैंकर्स संघको आगामी कार्यकालको नेतृत्व भुवनकुमार दाहालले गर्ने भएका छन् ।
सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत दाहाल आगामी कार्यकालको लागि अध्यक्ष बन्ने पक्का भएको हो। हालका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले दोस्रो कार्यकालको नेतृत्व नगर्ने भएपछि दाहाललाई नेतृत्व दिने सहमति भएको हो।
‘मैंले हुन्छ भनेको छु । उम्मेद्वारी दर्ता आज हुने भएकाले यसको निर्णय आज हुन्छ,’ दाहालले भने ।
नेपाल बैंकर्स संघ वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संगठन हो। मौद्रीक तथा वित्तिय क्षेत्र सम्बन्धि नीति निर्माणमा संघको महत्वपूर्ण भूमिका रहँदै आएको छ। संघको साधरणसभा मंसिर १९ मा हुँदैछ । निर्वाचनको उमेद्वारी मनोनयन आज हुने कार्यक्रम छ।
१८ गते उम्मेदवारी फिर्ता लिने, दावी विरोध गर्ने र अन्तिम नामावली प्रकाशन गरिने छ। निर्वाचन भनिए पनि सहमतिबाटै संघको अध्यक्ष चयन हुँदै आएकाले यस पटक पनि दाहाललाई अध्यक्ष बनाउने सहमति जुटेको हो।
Leave a Reply