पौने दुई करोड राजस्व छली गरेको आरोपमा तीन फर्म विरुद्ध मुद्धा

काठमाडौं, १७ मंसिर । सुर्तिजन्य पदार्थको कारोबारबाट राजस्व छलि गरेको आरोपमा राजस्व अनुसन्धान विभागले ३ वटा फर्म विरुद्ध कपिलबस्तु जिल्ला अदालतमा मुद्धा दायर गरेको छ । विभागले उनीहरु बिरुद्ध १ करोड ८४ लाख ४१ हजार रुपैयाँ विगो र विगोको दोब्बरसम्म जरिवाना तथा ३ वर्ष कैद सजायको माग दावी सहित मुद्दा दायर गरेको हो ।

विभागले कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटाका लुम्बिनी पान मसला तथा सुर्ति गुट्खा उद्योग सञ्चालक अब्दुल्ला मुसलमानलाई ७८ लाख ४८ हजार राजस्व छली गरेको आरोप लगाएको छ । त्यस्तै, उक्त उद्योगको थोक बिक्रेता एनएस ट्रेर्डर्स एण्ड सप्लायर्सका प्रोपाइटर दुजमान थापाले ५४ लाख ४५ हजार रुपैयाँ राजस्व छली गरेको आरोप छ ।

त्यस्तै विभागले कपिलवस्त जिल्ला माँयादेवी गाउँपालिका ८ बस्ने अर्घाखाँची मेटल स्क्राप सप्लायर्सका प्रोपाइटर सकिल अहमद फकिरले सुर्तिजन्य वस्तु भन्सार चोरी पैठारी गरी ५१ लाख ८६ हजार रुपैयाँ विगो कायम गरी मुद्दा दर्ता गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *